बैशाख ३०,
काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ।
विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरका बिरामीको संख्या ४२ लाख ५० हजार ८ सय ८६ पुगेको छ।
त्यस्तै एकै दिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन् ।
त्यस्तै १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन्। ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले पछिल्लो विवरण सार्वजनिक गरेको छ।
अमेरिकामा सबै भन्दा धेरै बिरामी छन्। त्यहाँ १३ लाख ८५ हजार २ सय ६२ संक्रमित रहेका छन्। अमेरिकामा ८१ हजार ७ सय ५९ जनाले ज्यान गुमाउँदा २४ घण्टामा थप ९ सय ७२ जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ६८ हजार संक्रमित छन्।
त्यहाँ २६ हजार ७ य ४४ जनाको मृत्यु भएको छ। बेलायमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ। त्यस्तै २ लाख २३ हजार ६० संक्रमित रहेका छन्। रुसमा एकै दिन ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन्।
त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ। रुसमा हाल सम्म २ हजार ९ जनाको ज्यान गएको छ। भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको ज्यान गएको छ । फाइल फोटो/ऐजेन्सि