जेष्ठ ०१,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । आज बिहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा ५ जना नयाँ संक्रमित थपिएका हुन । यस अघि आजै बिहान काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुका निवासी ६ वर्षीय वालिकामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो पटक पुष्टि हुने ५ जनामा सार्लाहीको धान्कौला निवासी ४५ वर्षीय पुरुष र मोहत्तरी जिल्लाको जवालेश्वर नगरपालिका र बलबा नगरपालिकाका १६ वर्षीय किशोर र ३५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।