Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आदिवासी जनजाती पत्रकारलाई फोनिजद्धारा निशुल्क प्रेस टिसर्ट र माक्स हस्तान्तण

Milan Ghimire by Milan Ghimire
May 14, 2020
in समाचार
0
आदिवासी जनजाती पत्रकारलाई फोनिजद्धारा निशुल्क प्रेस टिसर्ट र माक्स हस्तान्तण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १,

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जिल्ला शाखा रामेछापले आफ्ना सदस्य पत्रकारहरुलाई निशुल्क प्रेस टिसर्ट र माक्स प्रदान गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड-१९ महामारीका बेला समाचार संकलन गर्न सहजताका लागि पहिचान होस् भनेर टिसर्ट प्रदान गरेको हो ।

शाखाले विहिबार जिल्लामा क्रियासिल आदिवासी जनजाति मुलका २० जना पत्रकारलाई एक–एक थान प्रेस टिसर्ट र माक्स उपलब्ध दिएको हो । लकडाउनका कारण पत्रकारहरुले विभिन्न खालका झन्झट ब्यहोर्नु परेकाले उनीहरुको पहिचान संगै कामलाई सहज बनाउन जिल्लामा संचालित रेडियो, अनलाइन र राष्ट्रिय स्तरका टेलिभजन तथा पत्रिकामा काम गरिरहेका आदिवासी जनजाति पत्रकारहरुलाई टिसर्ट र माक्स उपलब्ध गराईएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

फोनिज बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , फोनिज रामेछापका पुर्व अध्यक्ष सुमित श्रेष्ठ , वर्तमान कोषाध्यक्ष कुमार श्रेष्ठको विभिन्न सहयोग र सिङगो फोनिज रामेछापको पहलमा यो संकटको घडिमा पत्रकारहरुलाई प्रेस टिसर्ट र माक्स वितरण गर्न संस्था सफल भएको उहाँको भनाई छ ।
पत्रकारहरुलाई प्रदान गरिएको माक्स महिला पत्रकारहरुको संगठन क्रियाशिल महिला पत्रकार डब्लुडब्लुजे उपलब्ध गराएको उहाँले बताउनुभयो ।
प्रेस टिसर्ट र माक्स वितरण गर्दै फोनिज रामेछापले आफना् स्वास्थ्यको ख्याल गरी सजकता र सम्बेदनशिल भएर फिल्ड रिपोर्टिङ्ग गर्न पनि पत्रकारहरुलाई आग्रह गरेको छ । फोटो : Nawraj Shrestha Nayan

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

Next Post

तामाकोशी नदीले बगाउँदा एक जना बेपत्ता

Next Post

तामाकोशी नदीले बगाउँदा एक जना बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.