जेठ ४,
रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणबाट नेपालमा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
हिजो (शनिबार )सिन्धुपाल्चोककी ९ दिनकी एक सुत्केरीको मृत्यु भएको थियो । उनको मृत्यु प्रति प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै दुःख व्यक्त गर्नुभएको हो ।
ओलीले कोरोनाबाट हुने मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने उल्लेख गर्नुभएको छ । उहाँले मृतक प्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। फाइल फोटो
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020