Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ३५ मजदुर अलपत्र, सिडिओ भन्छन्, ‘म केही गर्न सक्दिन’

Milan Ghimire by Milan Ghimire
May 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा ३५ मजदुर अलपत्र, सिडिओ भन्छन्, ‘म केही गर्न सक्दिन’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ४,

रामेछाप, लकडाउनको कारण कार्यस्थलबाट आफ्नो घरतर्फ लाग्ने मजदुरहरु मन्थलीमा अलपत्र परेका छन् । उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन मध्यमार्गी सडक आयोजनामा काम गर्ने दाङ र रोल्पा जिल्लाका १० जना मजदुरहरु आइतबार बिहान मन्थली आइपुगेका छन् ।
‘२ रात ३ दिन अहोरात्र पैदलै हिँडेर यहाँ सम्म आइपुगियो । दाङ र रोल्पा हिँडेरै पुग्ने योजना छ ।’ मजदुर विशाल भण्डारीले जनता भ्वाइससँग भने ।


रातदिन हिँडेर थकान मुद्रामा मन्थली झरेका कुनै पनि मजदुरहरुको आँखामा चमक देखिँदैनथ्यो । उद्योग वाणिज्य संघ, रामेछापले उनीहरलाई खानपिनको लागि समन्वय गरेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए ।
‘हामी १० जना छिटो हिँड्ने भएकोले आजै यहाँ सम्म आइपुग्यौं । अरु २५ जना साथीहरु आउँदै हुनुहुन्छ ।’ तुलाराम भण्डारीले भने ।


जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली आइपुगेका सडक निर्माणका मजदुरहरुलाई उनीहरुले काम गरेको निर्माण व्यवसायीसँग समन्वय गरी घर पठाउने व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिएकी छिन् । ‘हामीले रोल्पाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेका छौं । आवश्यक समन्वय गर्ने काम भइरहेको छ । बाँकी मजदुरहरु समेत आइपुगेपछि हामी उनीहरुलाई आवश्यक व्यवस्था गर्छौं ।’ शर्माले भनिन् ।

उता, रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आफ्नो सीमा क्षेत्रमा प्रवेश गरिसकेपछि मात्रै आफूले केही गर्न सक्ने बताएका छन् । जनता भ्वाइससँग टोलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘त्यहाँबाट मैले रिसिभ गर्ने बारे केही गर्न सक्दिन । यहाँ हाम्रो सीमा क्षेत्रमा आए भने हामी रिसिभ गर्छौं ।’
आफूहरुले यहाँ (रोल्पा) बाट गाडी वा पास पठाएर ल्याउने विषय नरहेको र आवश्यक गाडीको कस्तो व्यवस्था गर्ने भन्ने रामेछाप प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भएको बताएका छन् ।

यसरी हेर्दा मन्थलीमा आइपुगेका १० जना र बाटोमा आउँदै गरेका २५ जना गरी कूल ३५ जना रोल्पाली र दङ्गाली नागरिक मजदुरहरुको अवस्था नाजुक देखिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिव्र हुँदै गरेको आजको अवस्थामा पैदलै रोल्पा र दाङ सम्म पुग्नु निकै चुनौतिपूर्ण हुने देखिएको छ ।
यता रामेछाप जिल्ला प्रसाशन कार्यालले आफ्नो जिल्लाभित्र र जिल्ला बाहिर आवत जावतका लागि पैदलै प्रवेश या फिर्ती नदिने निर्णय केही दिन अघि नै गरिसकेको छ ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसँगको फोन सम्वाद

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आफ्नो देशको हितमा बोल्न नेपाललाई कसैको उक्साहट आवश्यक पर्दै : नारायणकाजी

Next Post

फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

Next Post
फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

फौजी कीरा नष्ट गर्न वडाले विषादी दिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.