जेठ ०५,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५ जना पुुगेको छ । मोरङ्गको रतुवामाई नगरपालिकाका २४ वर्षका पुरूषमा संक्रमण पुष्टि भइको हो ।
उनको सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान मात्रै थप ९ जनामा संक्रमण पुष्टी भएको थियो ।
अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् । ५ जना देशका विभिन्न जिल्लाका पत्रकाहरुमा पनि कोरोना पुष्टि भएको छ ।





