रामकृष्ण गिरि। जेठ ०५,
रामेछाप । नेपाली कांग्रेस रामेछापका जिउँदा इतिहास, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्र प्रसाद ढुङ्गेलको ८२ बर्षको उमेरमा आज सोमबार निदन भएको छ । सोमबार काठमाडौंको कोलेश्वर डेरामा उनको निधन भएको नेपाल विद्यार्थी संघ रामेछाप प्रदेश क का अध्यक्ष धिरज खत्रीले जनता भ्वाइसलाइ जानकारी दिए ।
प्रजातान्त्रिक योद्धाका एक जिउँदा शहिदका रुपमा ढुङ्गेल परिचित रहेका थिए । उनले पटक पटक गरि ८ वर्ष जेल जीवन विताएका थिए । साथै उनले ७ वर्ष प्रवासको जीवन विताएका थिए । राज नितीक कारण ले विस्तापित भएका कारण उनी भारतमा गएर ७ वर्ष बसेका हुन ।
२०१७ साल राजनीति घटना पछि प्रजातन्त्रको शास्त्रयुदमा पनि सहभागीभै महत्वपूर्ण भुमिका खेलेका थिए । साद जीवन र उच्च विचारका धनी ढुङ्गेलले लोकतान्त्रिक आन्दोलनमा माहत्वपूर्ण भुमिका खेलेका थिए ।
प्रजातान्त्रिक सेनानी संग पूर्व केन्द्रिय सदस्य भएका ढुङ्गेल वर्तमान केन्द्रीय प्रतिनीधि रहेका थिए ।
११९५ मा हालको खाँडादेवी गाउँपालिका वडा नं ५ को पकरवासको ४ नम्बरको आम्लको बोटभन्ने ठाँउमा जन्मेका ढुङ्गेलको ७ वर्षयताको मुटु रोगका कारण मृत्यु भएको हो ।
उनको आजै दाहासंस्कार गर्ने नेपाल विद्यार्थी संघका निवर्तमान सदस्य विष्णु श्रेष्ठले जानकारी दिए ।