Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
May 19, 2020
in जनता स्पेसल, समाचार
0
‘प्रधानाध्यापक दौडिए , शिक्षकहरु हिँड्छन्, प्रधानाध्यापक हिँडे, शिक्षकहरु बस्छन्…(भिडियो सहित)
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जेठ ५, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिकाले शैक्षिक सत्र २०७६ मा संचालित आधारभूत तह (कक्षा ८) को परीक्षाफल प्रकाशन गरेको छ ।
नगरक्षेत्र भित्र रहेका कूल ३३ सामुदायिक माध्यमिक र आधारभूत तहका विद्यालयबाट सहभागी ८ सय भन्दा बढी विद्यार्थीहरुको उत्तरपुस्तिका संपरीक्षण पश्चात जेठ ४ गते परीक्षाफल प्रकाशन गरको हो ।
परीक्षाफल प्रकाशन पछि जनता भ्वाइसले लिएको प्रतिक्रियामा नगर शिक्षा अधिकृत सौभाग्य न्यौपानेले आफूहरु प्राप्त परिणामप्रति सन्तुष्ट नरहेको धारणा व्यक्त गरेका छन् ।
आउँदो शैक्षिक सत्रका लागि आवश्यक पर्ने शैक्षिक योजना निर्माणको क्रममा नगरपालिका रहेको वर्तमान अवस्थामा अधिकतम रुपमा शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलाप प्रति जाँगरिलो बनाउने वातावरण सिर्जना गर्ने अधिकृत न्यौपानेको कथन छ ।


शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापत प्रति अभिप्रेरित गराउनका लागि आवश्यक पर्ने उत्प्रेरणाबारे न्यौपाने भन्छन्, ‘शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि आवश्यक पर्ने कार्यक्रम निर्माण गरिरहेका छौं । अति न्यून पारिश्रमिकका बापत पनि बालविकासका सहयोगी कार्यकर्ता, कर्मचारी तथा शिक्षक÷शिक्षिका साथीहरु कार्यक्षेत्रमा खटिइरहेका छन् ,उनीहरुलाई पनि उर्जापूर्ण वातावरण मिलाउनका लागि हाम्रो योजना अघि बढिरहेको छ ।’
हाल कक्षा ८ को परीक्षाको नतिजा विश्लेषण पछि नगरपालिकाको ध्यान केही फरक भएको न्यौपाने बताउँछन् । नगर क्षेत्रभित्रका विद्यालयहरुमा भौतिक संरचनाको कमी नभएको, अब मात्रै विद्यार्थीहरुको शैक्षिक उपलब्धीलाई बढावा गर्नुपर्ने अवस्था खाँचो भएको छ ।

उनी भन्छन् ।
‘अझै नगरक्षेत्रका केही विद्यालयहरुमा शिक्षकहरु नियमित विद्यालयमा उपस्थित नहुने, कक्षामा मदिरा सेवन गरी प्रस्तुत हुने जस्ता गतिविधिलाई नियन्त्रण कहिले सम्म गरिन्छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा न्यौपाने भन्छन्, ‘हाम्रो नियमित अनुगमन र मूल्याङ्कनको आधारमा त्यस्तो पाइएको छैन । यदि कोही शिक्षक यहाँले भनेजस्तो गतिविधि विद्यालयमा गरिरहेको हामीलाई कोही कसैले लिखित उजुरी दिएको खण्डमा निजमाथी नियमानुसार कारवाही हुन्छ । आशा गरौं त्यहाँ सम्मको हर्कत शिक्षकहरुले नगर्नुभएको होस् ।’
विद्यालयको सिकाई उपलब्धीलाई बढावा गर्नकालागि प्रधानाध्यापकको अहम् भूमिका रहने न्यौपाने स्वीकार्छन् । उनी भन्छन्, ‘प्रधानाध्यापक दौडिए भने, शिक्षकहरु कम्तिमा हिँड्छन् । प्रधानाध्यापक हिँडे भने, शिक्षकहरु बस्न थाल्छन् र प्रधानाध्यापक बसे भने शिक्षकहरु सुत्छन् । त्यसैले प्रधानाध्यापक नै विद्यालयको मूल योजना निर्माणकर्ता हो । उहाँहरुले दीर्घकालिन योजना बनाउनुभएको खण्डमा मात्रै विद्यालयमा शैक्षिक विकासको ढोका खुल्न सक्छ ।’


‘नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यालयहरुको शैक्षिक उपलब्धी वृद्धि गर्नका लागि यहाँको कस्तो सुझाव रहन्छ ?’ भन्ने सवालमा पुनः न्यौपाने अगाडि भन्छन्, ‘मैले अघि नै भनें, प्रधानाध्यापकको अहम् भूमिका हुन्छ, विद्यालयको सिकाई उपलब्धी वृद्धि गराउनका लागि । प्रधानाध्यापकहरुले सही योजना बनाई लागु गर्न खोज्नुपर्छ र शिक्षक साथीहरुलाई त्यसको मर्मलाई ध्यानमा राखी प्रधानाध्यापकलाई सहयोग गर्नु उहाँहरुको कर्तव्य हुनुपर्छ । तसर्थ आफ्नो विद्यालयका विद्यार्थीका लागि समयमै योजना बनाएर लक्ष्य सहित् अगाडि बढ्न सबै शिक्षक साथीहरुलाई आग्रह गर्छु ।’
आगामी शैक्षिकसत्रका लागि अत्यन्तै प्रभावकारी योजना निर्माण गर्ने कार्यमा नगरपालिका लागिरहेको र यो योजना निर्माणका लागि सबैलाई सुझाव दिनुहुन उनले सबैलाई अग्रह समेत गरेका छन् ।

Public Network को युटुब च्यानल Subscribed गर्नुहोला

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सिन्धुलीमा २० जनामा आरडिटि पोजेटिभ

Next Post

सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

Next Post
सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

सल्ले सामुदायिक वनमा भिषण आगोलागी (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.