जेठ ०७,
रामेछाप । आज मात्रै २५ जना कोरोना थपिएका हुन । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा डा. विकास देवकोटाले जानकारी दिए ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् ।
नयाँ संक्रमित ३ देखि ४८ वर्ष उमेरका छन्। नयाँ संक्रमितमध्ये १८ पुरुष र ७ महिला छन्। मन्त्रालयको जानकारी अनुसार, देशभर ३५ हजार ४ सय ९४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।





