जेठ ८
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनको मृत्यु बिहीबार विहान भएको प्रवक्ता देवकोटाले बताए ।
उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।
यसअघि कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । भने उपचारपछि ४९ जना निको भएका छन् । फोटो फाइल