Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाको उच्च जोखिममा रहेका राकाथुमका १५ जनाकै रिपोर्ट नेगेटिभ,

Milan Ghimire by Milan Ghimire
May 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
जेठ ९,

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं १ राकाथुमका १५ जना कोरोना आशंकितहरुको रिपोर्ट नेगेटिभ आएको छ । त्यहाँका एक २३ वर्षीय युवामा गत मंगलबार काठमाडौंमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । उनी गत बैशाख ३१ गते त्यहाँबाट काठमाडौं गएका थिए । अहिले संक्रमित व्यक्तिको टेकु अस्पतालमै उपचार भैरहेको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

उनी त्यहाँ रहदा उनको सम्पर्कमा आएकाहरु १५ जनालाइ पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनीहरुको स्वाब संकलन गरि काठमाडौं पठाएइकोमा बिहिबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा विहिबारसम्मका ३५ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणको सबै रिपोर्ट नेगेटिभ आएको हो ।

त्यस्तै जिल्लामा हालसम्म ४ सय ३९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । विहिबारसम्म जिल्लाको विभिन्न पालिकामा तथा नगरपालिकाका ७३ जना महिला र ३ सय ६६ जना पुरुषको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड -१९ को परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले जानकारी दिए ।

जिल्लामा आहिले ७३ जनालाई क्वारेन्टिनमा राखिएको उनको भनाइ छ । विहिबारसम्म विभिन्न पालिका तथा नगरपालिकामा गरि २१ जना महिला र ५३ जना पुरुषलाई क्वारेन्टिनमा राखिएको प्रमुख कर्णले जानकारी दिए । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

फेरी थपिए कोरोना संक्रमित : संक्रमितको संख्या ४ सय ५७

Next Post

चीनमा कोरोनाको औषधी बनेको चर्चित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको दाबी

Next Post
चीनमा कोरोनाको औषधी बनेको चर्चित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको दाबी

चीनमा कोरोनाको औषधी बनेको चर्चित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको दाबी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.