जेठ ९,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । बिहिबार साँझ फेरी थप ३ जना नयाँ संक्रमित थर्पिका हुन ।
बाँके र कपिलवस्तुमा गरी ३ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कपिलबस्तु शद्धोधन गाउँपालिकाका १९ वर्षीया पुरुषमा कोरोना देखिएको हो । उनीहरु सबै स्वास्थ्या कर्मीको निगरानीमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्या रहेको मन्त्रालयका प्रवक्ता समिर अधिकारीले जानकारी दिए ।
बिहिबार एकै दिन २६ जनामा पटक पटक गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका छन् । हाल सम्मा ३ जना नेपालीहरुको नेपालमा कोरोनाका कारणले ज्यान गएको छ । भने ४९ जना उपचारपछि निको भएका छन् । फोटो फाइल
