Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साउन १५ खिर खाने दिन देश भरि खिर खाएर मनाउदै

Milan Ghimire by Milan Ghimire
July 31, 2019
in जनता स्पेसल, समाचार
0
साउन १५ खिर खाने दिन देश भरि खिर खाएर मनाउदै
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

साउन १५

नेपाली सस्कृतिमा असार १५ गते दही च्युरा खाने चलन भएजस्तै साउन १५ मा खिर खाने चलन रहेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी वनाउन र उर्जामय राख्न हरेक वर्ष साउन १५ मा खिर खाने गरिन्छ । परापुर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारका भोजनलाई चलन चल्तीमा ल्याएका हुन । गर्मी महिना भएकाले शरिरमा दाद, खटिरा र लुतोे जस्ता रोगले आक्रमण गर्ने भएकाले प्रतिरोधात्मक शक्ति वढाउन दुध तथा दुधवाट वनेका पोषिला परिकार खाने गरिएको मन्थली नगरपालिकाका स्थानिय शेरवहादुर राइ बताउनुहुन्छ ।

श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु हुने भएकाले लैना गार्इ भैसीहरुले प्रशस्त दुध दिने हुदा दुधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने पनि विश्वास छ । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको मानिदै आएको मन्ली नगरपालिकाका अर्का स्थानिय पण्डित राजन प्रसाद ढुङगेलको भनाइ छ ।

वास्मति, टाइचिन अथवा अन्य मसिनो वास्नादार चामल र नभए आफुसँग भएको चामललाई नै दुधमा पकाएर विभिन्न मरमसला आदि हालेर खिर वनाइन्छ । आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाइलो गर्ने प्रचलन समेत रहेको छ । त्यसैले असार १५ र साउन १५ लाई दहि चिउरा भोजन वा खीर भोजनको वस्तुनिष्ठ आधारमा मात्र नहेरेर स्वास्थ्यका दृष्टिले मौसम अनुसारको भोजन उपयुक्त छ भनेर वुझ्नु झिन्छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई नै छ ।
साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् ।
यसको साथै साउनमा मासु ,माछा, मदिरा सेवन नगरी ब्रत बस्ने तथा आँप, नास्पाती ,भूइकटहर लगायतका फलफूल खाने चलन पनि छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी

Next Post

साँघुटाको आगोलागिमा कान्छाराम कन्ट्रक्स्नको १ करोड ६० लाख बराबरको क्षति

Next Post
साँघुटाको आगोलागिमा कान्छाराम कन्ट्रक्स्नको  १ करोड  ६० लाख बराबरको क्षति

साँघुटाको आगोलागिमा कान्छाराम कन्ट्रक्स्नको १ करोड ६० लाख बराबरको क्षति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...