रामेछाप , साउन, १५ ,
साँघुटामा गत साउन ९ गते सोेमबार विद्युत सर्टभैइ लागेको आगोले साँघुटार–घोराखोरी सडक निर्माणको काम गरि रहेको कान्छाराम कन्ट्रक्स्न प्रा.लिमा एक करोड बराबरको क्षेति भएको छ । आगोलागिबाट कन्ट्रक्स्नको निर्माण सामाग्री सहित कामदार बस्ने क्याममा क्षेति पुगेको कन्टक्सनका लेखापाल राजन सुबेदीले जानकारी दिए ।
उनका अनुसार डिजेल, पेट्रोल, मोविल, सात हजार लिटर, दुई सय बोरा सिमेन्ट, आर्थिक कारोबारका महत्वपुर्ण कागजपत्र,ल्यापटप लगाएत सडकको डिजाईन जलेर नष्ट भएको हो । डिजाइन जलेकोले काम रोकिएको छ । २०७४ साल माघदेखि सडक निर्माण सुरु गरेको कन्ट्रक्स्नले आउदो २०७७ सालमा निर्माण सम्पन्न गर्ने गरि १८ किलो मिटर साँघुटार – घोराखोरी सडक निर्माण थालेको थियो । तर आगो लागिका कारण तोकिएको समयमा काम सम्पन्न गाह्रो भएको उनले बताए ।
त्यस्तै आग्लागीबाट विद्यालय सहति ओखलढुङको चम्पादेवी गाँउपाललिकाको भवन निर्माण गरिरहेको मारुसि सिटाका कन्ट्रक्सनको ६० लाख बराबरको क्षेति भएको कन्ट्रक्स्नका लेखापाल रामेशर दाहालले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि प्रयोग हुने समाग्री, पुर्ण रुपमा जलेको छ । लेखापाल दाहालले दिएको जानकारी अनुसार कन्ट्रक्स्को स्टोर नै पुर्ण रुपमा जलेर नष्ट्र भएको छ ।