जेठ १०,
रामेछाप । रामेछाप जिल्लामा थप एक जनामा आरडिटी पोजेटिभ आएको छ । सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा गरिएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएकाको हो ।
हिजो (शुक्रबार) जिल्ला सदरमुकाम मन्थली स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा दुइ जना स्वास्थ्य कर्मी र एक जना विद्युतका कर्माचारीमा पनि आरडिटी पोजेटिभ देखिएको थियो ।
उनीहरु अहिले पुरानो सदरमुकाम रामेछाप जिल्ला अस्पतालको आइसोलेशलनमा बसेका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका प्रमुख जितेन्द्र कर्णले जनता भ्वईसलाई जानकारी दिए ।
सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा पदि शुक्रबार नै एक जनामा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।