जेठ १२
रामेछाप । नेपालमा कोरोना संक्रमणका कारण चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताने पुष्टि गरे ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । उनको मृत्यु भएको एक सातापछि सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।
यस अघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका एक युवक र रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा एकको मृत्यु भएको थियो ।





