जेठ १२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
आज साँझ साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा’ सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीले गरेको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
यसअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ का रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनपटक राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन् । फाइल फोटो





