जेठ १२,
रामेछाप । बुधबार थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले उक्त जानकारी दिए ।
आजनै २८ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या १ सय ८३ पुगेको छ । नारायणी अस्पतालबाट २१ जना पर्साका डेढ वर्षादेखी ६२ वर्षाका ६ जना महिला र बाकी पुरुष हुन । ११ देखी १४ दिनमा कोरोना जितेर घर फर्केका हुन । उता कोसी अस्पतालबाट ४ जना छन् ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । जसमा महिला ९० जना छन् भने ७ सय ९६ जना पुरुष छन् । उनीहरु सबै क्वारेन्टिनमा बसेका छन् । उनीहरुको सबैको अवस्था सामान्य रहेको उनले बताए । बुधबार अहिले सम्मकै ठुलो परिमाणमा संक्रमित थपिएका हुन । हिजो ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।