Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पश्चिम रुकुमको जस्ता घटना दोहोरिन नदिन रामेछापका दलित अधिकार कर्मीहरुको प्रशासन मार्फत गृहमन्त्रालयलाइ ध्यानाकर्षण

Milan Ghimire by Milan Ghimire
May 29, 2020
in समाचार
0
पश्चिम रुकुमको जस्ता घटना दोहोरिन नदिन रामेछापका दलित अधिकार कर्मीहरुको प्रशासन मार्फत गृहमन्त्रालयलाइ ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १५,

रामेछाप । रामेछाप जिल्लाका दलित अधिकार कर्मीहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमार्फत गृहमन्त्रालयलाइ ज्ञापन पत्र बुझाएका छन् ।

पश्चिम रुकुमको चौरहजारी नगरपालिकामा भएको जातिय हिंसाको भ्रत्साना गर्दै सो पत्र बुझाएको हो ।

नगरपालिकाको वडा नंम्बर – ८ सोती निवासी सुष्मा मल्लसँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाउँलेहको योजनाबद्ध आक्रमणबाट गत जेष्ठ १० गते अपरान्ह ४ बजे जाजरकोट भेरी नगपालिका वडा नम्बर ४ रानागाउँका नवराज विक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, चौरहजारी-५ का टिकाराम विक र गणेश बुडामगरको विभत्स हत्या भएको छ ।

दुई जना युवाहरुलाई सुनियोजित तरिकाले बेपत्ता परिएको छ । सो घटनाले सिंगो दलित समुदायलाई आक्रोसित र स्तब्ध बनाएको उल्लेख गर्दै आज प्रमुख जिल्ला अधिका रुद्रादेवी शर्मामार्फत गृह मन्त्रालयलाइ ज्ञापन पत्र बुझाएको हो ।

चौरहजारी हत्या काण्डबारे सत्य तथ्य छानविन गरि व्यक्तिको हत्यामा संलग्न दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न, मृतक नवराज विक, लोकेन्द्र सुनार, टिकाराम विक र गणेश बुडामगरलाई साँस्कृतिक शहिद घोषणा गर्न, बेपत्ता दुई जनाको स्थिती सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउ र यस्ता पासविक घटना समाजमा नदोहोरिने ग्यारेन्टी गर्न पनि गृहमन्त्रलायलाइ पत्रमार्फत ध्यानाकर्षण गराइएको  छ ।

जिल्ला स्थित दलित अधिकारकर्मी तथा संघठनहरु, दलित मुक्ति संगठन जिल्ला कार्यालय, रामेछाप, नेपाल दलित संघ रामेछाप, नेपाल दलित विद्यार्थी संघ रामेछाप, दलित गैर सरकारी संस्था महासंघ रामेछाप, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछाप, दलित पत्रकार संघ रामेछाप, समात मञ्च नेपाल रामेछाप, प्रगतिशिल दलित सेवा समाज रामेछाप, भलुवाजोर जनहितकारी समाज रामेछाप, परियार सेवा समाज रामेछाप, र दर्जन भन्दाबढी सोही समुहका प्रतिनीधिहरुले कोरोना संक्रमणको जारी लकडानलाइ मध्येनजर गरि सामाजिक दुरि कायम गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले अन्तरजातीय विवाह एवं प्रेम सम्बन्ध राखेकै कारण र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार, सप्तरीका शिवशंकर दास, झापाकी अस्मीता तोलाङ्गे सार्की, तनहुकी संगिता परियार, सिन्धुपाल्चोककी माया तिरुवा, म्याग्थीकी सविता नेपाली लगायतका दलित युवातीहरुको शृङ्खताबद्ध रुपमा गरिएको हत्याका घटनाहरुको आज सम्म पनि राज्यले न्यायिक निरुपण नगरेको भन्दै तत्काल त्यस्तर्फ राज्यको ध्यानकर्षण गरेको छ ।

संघहरुले त्यस्ता घटनामा संलग्न अभियुक्तहरुलाइ राजनीतिक चल्खेल गरि ढक्छोप गर्दा  त्यस्ता घट्नाहरु दिनप्रतिदिन बढेको प्रति राज्य सचेत नभएको उनीहरुको ठहर छ । रुकोमको चौरहजारी हत्या काण्ड कथित उच्चजातीय अहंकारबादको साँस्कृतिक प्रतिगमनको पराकाष्ठ भएको दलित अधिकार कर्मीहरुको ठहर छ ।

ज्ञापन पत्र

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो

Next Post

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

Next Post
आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.