Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना: ५८ लाख ३ हजार संक्रमित, ३ लाख ५९ हजारको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 29, 2020
in समाचार
0
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १६,

काठमाडौं- विश्वभर ५८ लाख ३ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १७ लाख २० हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ३८ हजार २ सय ३८, रुसमा ३ लाख ७९ हजार ५१, बेलायतमा २ लाख ७० हजार ५ सय ७, स्पेनमा २ लाख ३७ हजार ९ सय ६, इटालीमा २ लाख ३१ हजार ७ सय ३२ मा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ५९ हजार ७ सय ९१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। शुक्रबार बिहानसम्म त्यहाँ १ लाख १ हजार ५ सय ७३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३७ हजार ९ सय १९, इटालीमा ३३ हजार १ सय ४२, फ्रान्समा २८ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २४ लाख १३ हजार ५ सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेहरुमा अमेरिकामा सर्वाधिक ३ लाख ९९ हजार ९ सय ९१ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ब्राजिलमा १ लाख ७७ हजार ६ सय ४, जर्मनीमा १ लाख ६३ हजार ३ सय ६०, रुसमा १ लाख ५० हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या १ हजार ४२ पुगेकोछ। शुक्रबार बिहानसम्म ५१ जिल्लामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १ सय ८७ जना संक्रमणमुक्त भएका छन्। file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा कोरोनाका कारण थप एकको मृत्यु

Next Post

अंगालोमा बेरेर छुरा धस्ने प्रवृत्ति भारतको पुरानै हो

Next Post
अंगालोमा बेरेर छुरा धस्ने प्रवृत्ति भारतको पुरानै हो

अंगालोमा बेरेर छुरा धस्ने प्रवृत्ति भारतको पुरानै हो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.