जेठ १५
अर्घाखाँची । नेपालमा कोरोना संक्रमणका कारण ञप एकको मृत्यु भएको छ । भारतबाट फर्कने क्रममा बसमा मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ चरेपानीका कृष्ण बहादुर गैरेको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनको एक हप्ता अघि भारतको लखनउबाट फर्कदै गर्दा मृत्यु भएको थियो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गैरेको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।
३४ वर्षिय गैरेको साथमा भुमिकास्थान नगरपालिकाका मात्र २७ जना यात्रु रहेको बताएको छ ।
उनीहरु नगरपालिकाको क्वारेन्टाइनमा छन । उनको शव जिल्लासम्म लिएर आएका ३ जना पनि क्वारेन्टाइनमा रहेको अर्घाखाँची अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए । file Photo