Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापले २ अर्ब ९९ करोड ५२ लाख बजेट पायो

Kumar Shrestha by Kumar Shrestha
May 30, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापले २ अर्ब ९९ करोड ५२ लाख बजेट पायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १६, जनता भ्वाइस संवाद्दाता, रामेछाप
कोरोना भाइरस (कोभिड १९) ले विश्वको अर्थ व्यवस्था डामाडोल भएको आजको अवस्थामा नेपाल सरकारको केन्द्रीय संसदले आगमी आर्थिक वर्ष २०७७–०७८ का लागि बजेट सार्वजनिक गरेको छ ।
रामेछाप जिल्लाका लागि २ अर्ब ९९ करोड ५२ लाख बजेट विनियोजन गरिएको सरकारी स्रोतले बताएको छ ।

बिहिवार विनियोजित बजेटमा रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाका लागि कूल २ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
बिहिबार सार्वजनिक भएको प्रस्तुत बजेटमा रामेछाप जिल्लामा रहेका २ वटा नगरपालिकाहरुका लागि कूल ९८ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । जसमा रामेछाप नगरपालिका लागि ४१ करोड ३ लाख रुपैयाँ, मन्थली नगरपालिकाका लागि ५७ करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य ६ वटा गाउँपालिकाहरुका लािग क्रमसः उमाकुण्ड ३१ करोड ६८ लाख रुपैयाँ, खाँडादेवी ४० करोड १९ लाख रुपैयाँ, गोकुलगंगा ३३ करोड २४ लाख रुपैयाँ, दोरम्बा ३४ करोड १५ लाख रुपैयाँ, लिखु तामाकोशी ३२ करोड ९ लाख रुपैयाँ र सुनापति २९ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको हो ।


कृषि, पर्यटन र जडिबुटीका लागि प्रख्यात मानिएको जिल्लाका उत्तरी क्षेत्रका २ गाउँपालिका उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका लागि छुट्याइएको कूल बजेटलाई त्ततत् गाउँपालिकाहरुले कुन रुपमा प्रयोग गर्ने हुन् त्यो हेर्न बाँकी नै छ ।
त्यस्तै, चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र त्यसको परिचालनमा जिल्लाको लिखु तामाकोसी गाउँपालिकालाई निकै सकस भएको थियो । यस्तो अवस्थामा पनि आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट विनियोजन भएर कार्यालय संचालन, तलब भत्ताको वितरण र सामाजिक सुरक्षा भत्ताको वितरण भन्द बाहेक अन्य कुनैपनि कार्यक्रम सम्पन्न हुन सकेका थिएनन् ।

यस्तो अवस्थामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटलाई सो गाउँपालिकाले कुन रुपमा लिने हो, सो भने भोलिका दिनले नै बताउने छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ को लागि विनियोजित बजेटमा ७ प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एकान्तबास की शिक्षा

Next Post

नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या १२ सय १२

Next Post
१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

नेपालमा कोरोना संक्रमितको संक्रमितको संख्या १२ सय १२

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.