चेतनशील मानिसहरुले भाषा र लिपिको बिकास र प्रयोग गरे सगै अनौपचारिकबाट औपचारिक हुँदै डिजिटलयुगमा प्रबेश गरेको शिक्षा क्षेत्र अब के हुने हो भन्ने अन्योलको बिच बन्धक छ।संसारभर माहमारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण नागरिकहरु भयभित छन।हाम्रो मुलुक पनि यो भयबाट अछुतो छैन। यो भयपुर्ण अवस्थाको कारण मुलुक चौतर्फी अन्योलमा फसेको छ।यसबाट मार नखेप्ने कुनै क्षेत्र छैन।मार खेप्ने क्षेत्र मध्येमा पनि चरम मार खेप्ने क्षेत्र शिक्षा क्षेत्र हो भन्दा अतियुक्ती नहोला।मानव जीवनमा दीर्घकालीन असर गर्ने यो क्षेत्र हामी सबैको चासोको बिषय हो।
बढदै गएको बाल हठका कारण हैरान भएका अभिभावकहरु विद्यालय खुल्ने पर्खाइमा छन। बिद्यालय खुल्नुमात्र समस्याको दिगो समधान हो त? पक्कै हैन । यो लेख मार्फत केही हदसम्म भए पनी यो खाडल पुर्ने जमर्को गरेको छु।
अब के होलाको भयसंगै डिजिटल युगमा प्रबेश गर्नलागेको शिक्षाले के समग्र मुलुकलाइ अगाडि लैजान सक्ला ? कतै यो माहमारिले हाम्रा नानी बाबू हरुलाई शैक्षिक अपाङ्गता त बनाउदैन?कतै यो फुर्सदले नानी बाबुहरु बिग्रने पो हुनकी ? जन जनका मनमा प्रश्नचिन्न खडा गरिदिएको छ। आफ्ना बच्चाको चिन्ताले अभिभावकको निद हराएको छ।दिनानुदिन ईन्टरनेट र मोवाइलको प्रयोगमा आकृष्ट भएको बालध्यान कसरी सकारात्मक बिषयमा मोड्ने भन्ने जानकारी कम हुँदा अधिकांस अभिभावक दुखी भएका छन।बढदै गएको बाल हठका कारण हैरान भएका अभिभावकहरु विद्यालय खुल्ने पर्खाइमा छन। बिद्यालय खुल्नुमात्र समस्याको दिगो समधान हो त? पक्कै हैन । यो लेख मार्फत केही हदसम्म भए पनी यो खाडल पुर्ने जमर्को गरेको छु।
हाल तिब्र गतिमा बिकास हुदै गएको भनिएको शिक्षाले आम विद्यार्थीलाई पुस्तकको भारी बोक्न मात्र सिकाएन तिनै पुस्तक घोकेर रटेर धेरै नम्बर ल्याउन मात्र सफल बिद्याआर्जन हो भन्ने भ्रम छर्न पनि सफल भयो। राम्रा भनिएका विद्यालयहरुले पनि राम्रो शैक्षिकसंस्थाको ढोल पिटाउन दुधेबालकको पनि प्रबेष परीक्षा लिएर जगत हसाउन पछि परेका छैनन्। राम्रा राम्रालाइ सुगा रटान रटाएर राम्रो विद्यालयको भजन गाउने शैक्षिक दरिद्रहरुले विद्यार्थीहरुको चौतर्फी बिकासको मार्ग प्रसश्त गर्न सकेनन्।
सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरु लाई तलव आइहाल्छ भन्ने चिन्तन र निजि विद्यालय हरुले विद्यार्थीलाई आफ्नो आय आर्जनको स्रोत ठान्ने परिपाटीले रोगाएको छ, मुलुकको शिक्षा क्षेत्र।
फलस्वरुप यो बन्दा बन्दी आज जन जनको घरमा समस्याको भिमकाय पहाड बनेर उभिएको छ।कर्मकान्डी शिक्षा नीतिको उपज उब्जियका हाम्रा विद्यार्थी भाइ बहिनिहरु यतिखेर के गर्न हुने के गर्न नहुने भन्ने सामान्य दोधारमा उभिएका छन।मुलुकको शैक्षिक बिकासका ठेकेदारहरुको अदुरदर्शी र दरिद्र चिन्तनको कारण आज अधिकांस विद्यार्थीहरु लाटाको बाँशुरी बनेका छन।बिपतको बेला शालिक बनेर उभिएको यो क्षेत्रबाट के कति आसा गर्ने।असहज परिस्थितिमा उपलब्ध उपकरणहरुलाई प्रयोग गरि आफ्ना विद्यार्थीहरु लाई उचित सल्लाह सुझाव दिन नजान्ने वा नचाहने शिक्षक शिक्षिका हरु बाट के आसा गर्ने। सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरु लाई तलव आइहाल्छ भन्ने चिन्तन र निजि विद्यालय हरुले विद्यार्थीलाई आफ्नो आय आर्जनको स्रोत ठान्ने परिपाटीले रोगाएको छ, मुलुकको शिक्षा क्षेत्र।
समाजका केही आफुलाई शिक्षित भन्ने मानिस हरु डिजिटल शिक्षाको ढोल पिटाउन ब्यस्त छन।यो डिजिटल रुपि शैक्षिक रंगमंचमा आफ्ना नानी बाबू हरु उतार्न केही मानिस हरु हतार हतार लाइन बसेका छन भने केही मुलुकको दुर दरजमा रोग भोकले ग्रसित मानिस हरु आफ्ना छोरा छोरीको रगत पसिना अंग भङ्ग घाइते र बेखबर हालतसग साटेर ल्यायको गणतन्त्रले आफ्नै नाति नातिना पढाउन नसक्ने डिजिटल शिक्षाको पक्षमा प्रचार सुन्दा दुखी छन।सुबिधा सम्पन्न सहरी विद्यार्थीलाइ लक्षित गरी आएको डिजिटल शिक्षा मुलुकको दुरदराजका आम विद्यार्थीको लागित कागलाइ बेल मात्र हो।
उल्लेखनीय बिषयबाट गुज्रिएका अधिकाम्स विद्यार्थीहरु दिनानुदिन के गर्ने के नगर्ने भन्ने दुबिधामा रुमलिइ रहेका छन। उपलब्ध प्रबिधिको उपयोग गर्ने बाहनामा केही विद्यार्थी हरु प्रबिधिको दास भएका छन।
उल्लेखनीय बिषयबाट गुज्रिएका अधिकाम्स विद्यार्थीहरु दिनानुदिन के गर्ने के नगर्ने भन्ने दुबिधामा रुमलिइ रहेका छन। उपलब्ध प्रबिधिको उपयोग गर्ने बाहनामा केही विद्यार्थी हरु प्रबिधिको दास भएका छन। यति खेर बाल बालिकाले टिभी,मोबाइल ,ल्यावटप जस्ता इलेक्ट्रोनिक सामनको प्रयोग बढाउनाले मानसिक र सारिरिक असर नगर्ला भन्न सकिन्न। विद्यालय गएर मात्र पढ्नपर्छ भन्ने बुझाइले विद्यार्थीहरु स्वअध्ययन तर्फ आकर्षित हुनसकेनन्। यतिखेर नसिक्ने मात्र हैन सिकेको कुरा बिर्सने खतरा पनि छ। यतिखेर ग्रामिण बाल बालिका कृषी मजदुरमा रुपान्तरित भएकाछन।संसारभरका मानिस आफ्नो स्वाथ्य भन्दा पनि माथी शिक्षालाई राख्छन। शिक्षाबिनाको समाजमा स्वाथ्यको लगानी बालुवामा पानी बराबर हुने छ।यतिबेलाका सानातिना कमजोरिले पनि दीर्घकालीन असर पुग्दछ।
त्यसो भए के यो अन्त्यहिन समस्या हो त ? यस्को कुनै समाधानै छैन? के हाम्रो समाज सधैको लागि अन्धकारमा फसेकै हो त? भन्ने प्रश्न खडा भएका छन। संसारमा कुनै पनि समस्या त्यस्ता छैनन् जस्को समधाननै न होस।संसारमा कोहिपनी त्यस्तो मानिस छैन जसले समस्याको समधान गर्न नसकोस।केवल चाहिन्छ सकारात्मक सोच सहितको इच्छाशक्ति जस्ले हामीलाई अप्ठेरोबाट सजिलोतर्फ लैजान सक्छ।
हामी अभिभावकले बुझ्नै पर्ने कुरा के हो भने बच्चाको लागि “घर पहिलो विद्यालय हो भने आमा पहिलो शिक्षिका” तसर्थ “हाम्रो घरनै पहिलो सक्षम बिश्वबिद्यालय हो ,हामी अभिभावक हरु निपुर्ण शिक्षक र सन्तानहरु जिज्ञासु विद्यार्थी ।
हामी अभिभावकले बुझ्नै पर्ने कुरा के हो भने बच्चाको लागि “घर पहिलो विद्यालय हो भने आमा पहिलो शिक्षिका” तसर्थ “हाम्रो घरनै पहिलो सक्षम बिश्वबिद्यालय हो ,हामी अभिभावक हरु निपुर्ण शिक्षक र सन्तानहरु जिज्ञासु विद्यार्थी । हामीसग कुनै न कुनै ज्ञान छ।कुनै न कुनै सीप छ। यतिखेर त्यसको प्रयोग गरौ। यो बिपतिलाइ सदुपयोग गरौ र अवसरमा बदलौ।नानी बाबू विद्यालयलाई मात्र ठेक्का दिदा मात्र पढेर ज्ञानी बन्छन भन्ने भ्रम बाट बाहिरिनु आवश्यक छ।
हाम्रा सन्तती हाम्रालागी बोझ बन्नु हुन्न।यिनीहरुको रुचि र चाहनाको ख्याल राख्न नसक्दा वा आफ्ना रुचि र चाहना नानी बाबुमा लाद्न खोज्दा हर परिवारमा असहज अवस्थाको सृजना हुने गर्दछ। एक असल अभिभावकले परिवारमा हरेकको रुचि र चाहनाको ख्याल गरी नराम्रोलाइ राम्रो मा र असहज लाई सहजमा बदल्ने बाटोको खोजी गर्नु पर्दछ।विद्यार्थीलाई अध्ययनको लागि घरायसी बाताबरण महत्त्वपूर्ण हुन्छ। आजका नानी बाबूहरु परीक्षामा राम्रो अंक त ल्याउछन तर घर र परिवारको बारेमा अन्जान हुन्छन। यो बेला हामीले घरको बारेमा परिवारको बारेमा जानकारी दिने उपयुक्त अवसर पनि हो । चुलो देखि आँगन सम्मको जानकारी दिने।खाना बनाउन सिकाउने।घर आँगन सरसफाइ गर्न सिकाउने। आफ्नो काम आफै कसरी गर्न सकिन्छ भनेर जानकारी दिने। समाज र परिवारको बारेमा सही र उपयुक्त जानकारी दिने गर्न सकेको खण्डमा उनिहरुको ध्यान सकरात्मक बाटोमा खिच्न सकिन्छ।
त्यसैगरी उनीहरुको रुचि अनुसार गायन,बाध्यबादन र नृत्य तर्फ प्रोत्साहित गर्ने।पुराना कला र साहित्यको बारेमा जाने सम्म सही जानकारी दिने । आफू पनि सरिक भएर विभिन्न खालका प्रतियोगिता गर्ने गराउने।
त्यसैगरी उनीहरुको रुचि अनुसार गायन,बाध्यबादन र नृत्य तर्फ प्रोत्साहित गर्ने।पुराना कला र साहित्यको बारेमा जाने सम्म सही जानकारी दिने । आफू पनि सरिक भएर विभिन्न खालका प्रतियोगिता गर्ने गराउने। हिनताबोध गर्न नदिइ पुर्ण हौसला साथ आफुले सिकेका कुरा सिक्न प्रेरित गर्ने। हामीसॅग भएको कला संस्कार र संकृतिको बारेमा जानकारी दिने जस्ता कार्य चरणबद्ध रुपमा गर्दा लोप भर जाने हाम्रो कला र संकृतिको जगेर्ना पनि हुने बाल बालिकाको ध्यान पनि अन्यत्र नजाने हुन्छ। शिक्षाको जननी नैतिकता हो भन्ने कुरामा बिश्वस्त पार्ने।नीति तथा आचरणमा नबसी कुनैपनी काम सफलतापूर्वक गर्न सकिन्न भन्ने शिक्षा दिने र यसलाइ नीति कथा र दन्त्यकथाको माध्यामबाट पुष्ठि गर्ने गर्न सके बन्दा बन्दिको असर कम गर्न सकिन्छ।
याद रहोस नानी बाबू हाम्रो आदेश हैन अनुरोध मन पराउॅदछन। हकारेर हैन मायाले सबै कुरा सिकाउन सकिन्छ। यतिखेर उनिहरु हामीलाइ अभिभावक मात्र बनेको हेर्नु भन्दा असल साथीको रुपमा हेर्न मन पराउछन।बिबेकशिल समाज हामी सबैको गुरु हो भने हाम्रा बालबालिका त्यही समाजको ऐना हुन।
यो माहबिपत्तिलाई सकारात्मक कार्यमा सदुपयोग गर्दै भोलिको लागि सक्षम नागरिक उत्पदनको दिशामा अगाडी बढौ।
घरायसी शिक्षा बिना बिद्यालयको शिक्षा अधुरै रहन्छ।तसर्थ हामीले पनि झिगा र माहुरी बिचको फरक बुझेर अगाडि बढौ। कस्तुरिले आफै भित्र बाट आएको सुगन्ध नचिनेर भौतारिए जस्तो भौतारिन छाडौ। यो माहबिपत्तिलाई सकारात्मक कार्यमा सदुपयोग गर्दै भोलिको लागि सक्षम नागरिक उत्पदनको दिशामा अगाडी बढौ।धन्यबाद।





