जेठ १७,
रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय ०१ पुगेको छ । आज १ सय ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवाकोटाले जानकारी दिए ।
उनकाअनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा नौ, धनुषामा सात, रौतहटमा छ, दाङमा पाँच, महोत्तरीमा चार, पर्सामा दुई, संखुवासभामा दुई, झापा, ललितपुर र बारामा एक/एकजनामा संक्रमण देखिएको हो
अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् । ६६ हजार ७ सय ७६ को परीक्षण भएको छ । फाइल फोटो