जेठ १७,
काठमाण्डौ । सरकारले लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुने र अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने निणय भएको खतिवडाले जानकारी दिए ।
सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ । सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै बढेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्रन दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
सीमा क्षेत्रबाट अवैध रुपमा आवत जावत भइरहेकाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या थप्ने र नेपाल प्रहरीलाई पनि परिचालन गरिने मन्त्री खतिवडाले जानकारी दिैए । कोरोनाको प्रभाव बढी देखिएका ठाउँमा लकडाउन थप कडाइ गर्ने र सुरक्षा निकाय परिचालनको जिम्मा गृह मन्त्रालयलाई दिइएको पनि उनले बताए ।





