Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना पुष्टि भएका १६६ जना कहाँका हुन् ?

Milan Ghimire by Milan Ghimire
May 31, 2020
in समाचार
0
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १८,

काठमाण्डौ । नेपालमा आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङका एक र स्याङ्जा गल्याङका दुई जनामा सङ्क्रमण देखिएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्सा पटेर्वा सुगौलीका पाँच जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १३ जना कालीकोटको शुभकालिकाका रहेका छन् ।

कालीकोटकै महवी गाउँपालिकाका पाँच जना, दैलेख दुल्लु, रातापानी र साधुकाका एकरएक जना, नारायण नगरपालिकाका नौ जना, दैलेखकै देवलकानका पाँच जना र बाजुराका जुजनाथका एक जना रहेका छन् ।

सुर्खेतमा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएकोमा सल्यान कुपिन्डेका २५ जना र सुर्खेतका एक जना छन् । धुलिखेलमा भएको परीक्षणमा कपिलवस्तुका एक जनामा कोरोना देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका दुई जना, खजुराका एक जना, नेपालगञ्जका चार जना र बैजनाथका एक जना गरी आठ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

धरानमा गरिएको परीक्षणमा सप्तरी राजगढका १२ जनामा कोरोना देखिएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलाली भजनीका एक जना, जानकीका एक जना, त्रिनगरका एक जना र बाजुराका दुई जनासहित पाँच जनामा कोरोना देखिएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चार र विराटनगरका एक गरी पाँच जनामा कोरोना देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये धनुषाको मुखियापट्टी क्वरेण्टीनमा रहेका २१ जना, कपिलवस्तु महाराजगञ्जका चार जना, रौतहटको क्वरेण्टीनमा रहेका २९ जना र सर्लाहीका १० जना रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

१ लाख ८० हजार बढीको कोरोना परीक्षण, १ लाख १९ हजार बढी क्वरेण्टीनमा,

Next Post

असार १ गतेबाट पठनपाठन सुरु गर्नु-शिक्षा मन्त्रालय(विज्ञप्तिसहित)

Next Post
असार १ गतेबाट पठनपाठन सुरु गर्नु-शिक्षा मन्त्रालय(विज्ञप्तिसहित)

असार १ गतेबाट पठनपाठन सुरु गर्नु-शिक्षा मन्त्रालय(विज्ञप्तिसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.