जेठ १९,
रामेछाप । रामेछाप जिल्लामा हालसम्म गरि ४७ वटा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भने ८ सय ३२ आरडिटी परीक्षण गरिएको छ । सबै रिपोर्ट नेगेटिभ आएको छन् । आइतबार दिएको जानकारी अनुसार १३ जना महिला र ३४ जना पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
उनका अनुसार १ सय ७५ जना महिला र ६ सय ५७ जना पुरुषको आरडीटी प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको
जिल्लाको गाउँपालिकाहरुमा पीसीआर परीक्षण गरिएको यस्तो छ तथ्याङक
| नगर तथा गाउँपालिका | संख्या |
| मन्थली नगरपालिकामा | ११ , |
| रामेछाप नगरपालिकामा | १४ |
| सुनापति गाउँपालिकामा | २ |
| गोकुलगंगा गाउँपालिकामा | ४ |
| खाँडादेवी गाउँपालिकामा | १५ |
| जिल्ला अस्पतालमा | १ जान |
त्यस्तै आरडिटी परीक्षण विधिबाट गरिएको परिक्षण
| मन्थली नगरपालिकामा | ३२४, |
| लिखुतामाकोशी गाउँपालिकामा | ६, |
| सुनापति गाउँपालिकामा | १३५, |
| दोरम्बा गाउँपालिकामा | १५ , |
| उमाकुण्ड गाउँपालिकामा | ६६ , |
| गोकुलगंगा गाउँपालिकामा | ७१, |
| खाँडादेवी गाउँपालिकामा | ८५ |
| जिल्ला अस्पतालमा | ८, |
त्यस्तै जिल्लामा हाल केही दिन अघि बढेको क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि तुलानात्मक रुपमा घटेको छ । जिल्लाका विभिन्न पालिकाहरुमा १४ दिन क्वारेन्टिनमा बसेका र आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाहरु फिर्ता भएसंगै क्वारेन्टिनमा बस्नेको संख्या घटेको हो ।
गत शनिबार १ सय ७० जना क्वारेन्टिनमा रहेकोमा आइतबार यो संख्या घटेर १ सय १६ मा झरेको कर्णले बताए ।

विभिन्न पालिकामा १४ दिन क्वारेन्टिनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएका ५४ जना डिीचार्ज भएका हुन । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना प्रमुख कर्णले बताए ।
यस्तो छ क्वारेन्टिनमा बस्नेहरुको तथ्याङक
| नगर तथा गाउँपालिका | संख्या |
| मन्थली नगरपालिकामा | १८ , |
| रामेछाप नगरपालिकामा | २० |
| गोकुलगंगा गाउँपालिकामा , | १२ |
| खाँडादेवी गाउँपालिकामा | ४ , |
| सुनापति गाउँपालिकामा | २ , |
| उमाकुण्ड गाउँपाकिलामा | १५ , |
| दोरम्बा गाउँपालिकामा | ९ |
| लिखुतामाकोशी गाउँपालिकामा | ३६ |
| कुल | १७० जना |





