Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

क्वारेन्टिनमा बस्नेहरु बगैचा निर्माणमा व्यस्त

जनता भ्वाइस by जनता भ्वाइस
June 1, 2020
in राष्ट्रिय समाचार, समाचार
0
क्वारेन्टिनमा बस्नेहरु बगैचा निर्माणमा व्यस्त
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ १८, जनता भ्वाइस संवाददाता, रामेछाप


‘खाली दिमाग शैतानको बास’ भन्ने उखान यतिबेला क्वारेन्टिनमा बस्ने व्यक्तिहरुमा चरितार्थ भएको छ ।
सबै आफन्त तथा नातेदारको साहनुभूति र हेरचाहमा १२ दिन क्रिया बस्ने क्रियापुत्रीलाई त सो समय कटाउन धौधौ पर्छ भने रोग लागेको आशंका र आफन्त भन्दा टाढाको बसाईले क्वारेन्टिनमा बस्नेहरुलाई निक्कै मानसिक समस्या परेको विभिन्न संचार माध्यममा समाचार प्रकाशन भइरहेका छन् ।


तर यसको ठिक विपरित रामेछाप नगरपालिकाले संचालन गरेको क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको दैनिकी भने निकै रचनात्मक बन्ने गरेको छ । आफूहरुलाई यत्तिकै बस्ने पट्यार लाग्ने गरेको हुँदा गौरीशंकर क्याम्पसको भवनमा भएको क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले भने क्याम्पसको वरपरको खाली जग्गामा बगैचा निर्माणमा जुटेको बताएका छन् ।
जनता भ्वाइससँग कुराकानी गर्दै क्वारेन्टिनमा बस्ने मध्ये रामेछाप नगरपालिका एक व्यक्तिले, ‘हामीले यो काम कसैको दवाव र लाए अह्राए बापत गरेका होइनौं । १४ दिन क्वारेन्टिनमा बस्दाको समयमा दिनभरी यत्तिकै बस्दा ‘बोर’ हुने भएकोले आपूmखुशीमा बगैचा बनाउने कार्य गरेका हौं ।’


बगैचा निर्माण गर्ने कार्यले क्वारेन्टिनमा बस्ने व्यक्तिको योगदानको पनि मूल्याङ्कन समाजले गर्ने देखिन्छ ।
रामेछाप नगरपालिकाले बनाएको क्वारेन्टिन कोरोना भाइरस क्वारेन्टिन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ भित्र नरहेको स्थानीयहरु बताउँछन् ।
मापदण्डमा उल्लेखभए अनुसार मापदण्डको बुँदा नं. ३ को (क) मा सम्भव भए सम्म घना बस्तीबाट छुट्टै टाढा रहेको भन्ने उल्लेख भएको भएता पनि यहाँको अवस्था भने घना बस्तीको बीचमा नै यो क्वारेन्टिन संचालमा रहेको छ ।


मापदण्डमा उल्लेख भएको शर्तहरुलाई उल्लेखित क्वारेन्टिन निर्माणगर्दा किन ध्यान दिनुभएन ? भन्ने जनता भ्वाइसको प्रश्नमा रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापा मगरले भने, ‘हामीले पनि सो कुरा हेरेका हौं । गौरीशंकर मा.वि.को भवन क्वारेन्टिनको लागि निक्कै उपयुक्त हुँदाहुँदै क्याम्पसको भवन छनोट गर्न बाध्य भइएको हो । किनभने विद्यालय भवनमा निर्माणको काम धमाधम भएको अवस्था र भोलि धेरै व्यक्तिलाई क्वारेन्टिनमा राख्नु पर्ने भयो भने सुरक्षा लगायतका प्रबन्ध गर्न समस्या हुने भएकोले यहाँ राख्न बाध्य भएका हौं ।’


थापा मगरको यो भनाईले क्वारेन्टिन संचालन गर्नको लागि आवश्यक पूर्वाधार भएको स्थानको अभाव भएको देखिन्छ । तर पनि हाल संचालित क्वारेन्टिनमा वाइफाइको व्यवस्था नराम्रो भएको त्यहाँ बस्ने व्यक्तिहरुले गुनासो गरेका छन् । यस सम्बन्धमा मेयर थापा मगरसँग जिज्ञासा राख्दा सो विषयमा पहल भइरहेको र केही दिनमा सोको पनि व्यवस्था गरिने जानकारी दिएका छन् ।
फोटो स्रोत : विन्देश मगर

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

के थाहा आज नर्सलाई हेप्ने तपाईकी छोरी पनि भोलिको दिनमा नर्स नै पो बन्छिन् कि ?

Next Post

रामेछाप जिल्लामा ४७ वटा पीसीआर,८३२ आरडिटी परिक्षण, क्वारेन्टिमा कहाँ कति-कती तथ्याङ सहित

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

रामेछाप जिल्लामा ४७ वटा पीसीआर,८३२ आरडिटी परिक्षण, क्वारेन्टिमा कहाँ कति-कती तथ्याङ सहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.