जेठ १९,
रामेछाप । कैलालीको चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बगाउबा सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर काम गर्ने कञ्चपुर कृष्णपुर नगरपालिका-४ गुलरिया बस्ने अन्दाजी ४० वर्षीय र २४ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरु पातली खोलाको छेउमा पाल टाँगी बस्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय फल्टुडे र प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता भएकाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । file Photo