परिवेश :
मिति २०७६ चैत्र ५ गते बेलुका, सपना जस्तै एकाएक परीक्षा स्थगित भएको खबरले म निःशब्द भएँ । के गराँै, कसो गरौँ । अन्यौला बीच बिस्तारै म मेरो अभिभाबकसँग सम्पर्क गरी ‘एसइई परीक्षा नहुने रे । भर्खर मात्र थाहा पाएँ ।’ भनि खबर गरेँ । मनमनै कुरा खेलाउदै थिएँ ।
सायद् कोराना एबम् कोभिड १९ संक्रमणका कारणले परीक्षा स्थगित भएको होला ! हुन त भयाबय अबस्था आइसकेको छैन यहाँ ! परीक्षा दिने त यहाँ मात्र होइन । देश भरि नै हो । परीक्षा भन्दा त हाम्रो स्बास्थ्य नै महत्बपूर्ण हो । स्बस्थ्य भए परीक्षा त पछि पनि दिन सकिन्छ नि !
तर तयारी गरेका सबै बिर्सने भइयो ! परीक्षा कहिले हुने टुङ्गो छैन ! भोलि बिहान नै झोला लिएर घर जानु पर्ला । घरमा खबर गर्नु पर्ला । हुन त थाहा पाइसक्नु भयो होला । अंकल मोबाइल फोन दिनु न । बाबालाई फोन गर्नु पर्यो परीक्षा स्थगित भयो । हुन्छ ल भन त फोन नम्बर ।
बाबासँग सम्पर्क गरी भोलि घरमा आउने अबगत गराएँ । यो काल्पनिक कुरा होइन गाउँले परीक्षार्थीको बास्तबिक भनाई हो । उक्त परीक्षार्थीको घर परीक्षा केन्द्रबाट करिब २–३ घण्टा समयको दूरीमा पर्छ र सो परीक्षा केन्द्र अर्को पालिका क्षेत्रमा रहेको छ ।
ती र त्यस्तै परिबेशमा रहेका परीक्षार्थीहरुका अतिरिक्त बसाई स्थान र घरबाट परीक्षा केन्द्रसम्म न्यूनतम १५ मिनेट र अधिकतम ६० मिनेट समय लाग्ने परिबेशका बालबालिकाहरु पनि उक्त माध्यमिक शिक्षा परीक्षासँग सम्बन्धित छन् । उनीहरु हिमाल, पाहाड र तराईका दुर्गम र सुगम गाउँ र शहरहरुमा बसोबास गर्दछन् ।
२०७६ सालको एसइई परीक्षामा सम्मिलित् परीक्षार्थी संख्या ५ लाख ९ हजार ५ सय ९७ जना रहेका छन् । जसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएका थिए । परीक्षा सञ्चालन र ब्यबस्थाका लागि ६५ हजार जनशक्ति परिचालित थिए । जस मध्ये एक परीक्षा केन्द्र १६ जना सुरक्षाकर्मी रहने ब्यबस्था गरिएको थियो ।
८६ बिषयका ५१ लाख प्रश्नहरु तत्तत् स्थानहरुमा सुरक्षित ढङ्गबाट भण्डारण गरिएको थियो । ७ प्रदेश र ७ सय ५३ पालिकाहरुमा सञ्चालित करिब दश हजार माध्यमिक बिद्यालयका कक्षा १० मा अध्ययनरत ५ ला ९ हजार ५ सय ९७ बालबालिकाहरु मध्ये साधारण धार तर्फ ४ लाख ८३ हजार ७ सय ७ जना परीक्षार्थीहरु र प्राबिधिक धार तर्फका ९ हजार ५ सय ९ जना परीक्षार्थीहरु रहेका छन् ।
स्थगित परीक्षाका कारण ती सबै बालबालिकाहरु प्रत्यक्ष प्रभावित हुन पुगेका छन् । जुन अवस्था समय परिस्थितिको उपज हो भन्नुमा कसैको फरक मत रहदैन ।
गतसाल परीक्षामा सम्मिलित हाल ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिने १६ हजार २ सय ४२ प्लस १ सय ३९ प्राविधिक धार तर्फ समेतका लागि यो परीक्षा कार्यक्रम प्रबन्ध गरिएको थियो ।
(स्रोत ः प.नि.का माध्यमिक शिक्षा परीक्षा बोर्ड)
स्थगित परीक्षाका कारण ती सबै बालबालिकाहरु प्रत्यक्ष प्रभावित हुन पुगेका छन् । जुन अवस्था समय परिस्थितिको उपज हो भन्नुमा कसैको फरक मत रहदैन ।
आजको स्थिति:
शैक्षिक सत्र २०७६ उत्तार्धको समयमा छिमेकी देश चीनमा देखा परेको कोराना भाइरस (कोभिड १९) विश्वभरि फैलिने क्रममा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन र सबै नेपालीहरु पनि प्रभाव विहिन हुन नसकेको तथ्य हाम्रो सामु छर्लङ्ग छ । यसको रोकथाम गर्न र यसबाट सुरक्षित रहनका लागि चीन लगायत अन्य देशहरु पनि प्रयासरत रहेका छन् ।
यद्यपि सफलता हात पर्नुको सट्टा विश्वभरि नै तीव्रगतिमा फैलिरहेको छ । यो मानवजातिलाई सुशुप्त रुपमा असर गरी मृत्यु समेत गर्ने प्रजातिको कोराना भाइरस सिर्जित महामारीको कारण नेपाल सरकारले २०७६ साल चैत्र ११ देखि क्रमिक रुपमा लकडाउन गर्ने सोचका साथ त्यसको पूर्वसन्ध्यामा शिक्षण सस्थाहरु तत्काल बन्द गर्ने र माध्यमिक शिक्षा परीक्षा (एसइई) लगायत कक्षा ११ र १२ को परीक्षा कार्यक्रम पनि अर्को सूचना नभए सम्मका लागि स्थगन गर्ने निर्णय मिति २०७६ चैत्र ५ गते बेलुका (कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस बमोजिम ) नेपाल सरकारले गर्यो ।
यो एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा एक आपसको समिप्यता र संसर्गमा सर्ने भएकोले सामाजिक दूरी कायम गर्नु नितान्त आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
(कोभिड १९) कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असामान्य एवम् विपदको अवस्थामा आफू र आफ्नो परिवार एवम् समुदायलाई सुरक्षित राख्नु अहिले अहम् विषय बनेको छ । यो एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा एक आपसको समिप्यता र संसर्गमा सर्ने भएकोले सामाजिक दूरी कायम गर्नु नितान्त आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
यसै तथ्य र तर्कलाई मान्यता दिई नेपाल सरकारले नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता हो भन्दै तत्काल गाँस, बास र स्वास्थ्यको प्रबन्धमा सहयोग गर्ने सोचकासाथ शिक्षालाई क्रमशः व्यवस्थापन गर्ने गरी शिक्षण संस्थाको सञ्चालन र पठनपाठनलाई समेत स्थगन गर्ने निर्णय गरेको छ । स्थगन गर्ने निर्णयको सँगसँगै विद्यालय शिक्षा पनि प्रभावित नहुने कुरा भएन ।
यसबाट लाखौको संख्यामा अध्ययनरत रहेका बालबालिकाहरुको सिकाई एवम् पठनपाठन अवरुद्द भएको छ । प्रायः शिक्षण संस्था र त्यसमा आवद्द शिक्षक समुदाय अलमल रहेका छन् भने बालबालिकाहरु गन्तव्य एवम् लक्ष्य विहिन यात्रीको रुपमा दिनहरु बिताई रहेका छन् ।
जसको कारण सञ्चार माध्यमबाट सम्प्रेषित ती अभिमत र तर्कहरुले ती अभिभावक एवम् परीक्षार्थीमा थप अन्यौलता सिर्जना गरेको छ ।
चासो एवम् समस्या :
लकडाउन थपिँदै गएका छन् । स्थगित परीक्षाको पुनः सञ्चालन कुनै उपयुक्त मिति र विधि सहितको सूचना एवम् कार्यतालिका प्रवाह हुन सकेको अवस्था छैन । यसले अन्यौलता झन बढाएको छ ।
राजनेता, राजनितिक नेतृत्व, शिक्षाविद् लगायत शिक्षा क्षेत्रका पेशाकर्मीहरुले विभिन्न मञ्च र माध्यमको उपयोग गर्दै माध्यमिक शिक्षा परीक्षाको विकल्पका बारेमा आआफ्नो धारणा र सुझाव राख्ने गरेको पाइन्छ । जसको कारण सञ्चार माध्यमबाट सम्प्रेषित ती अभिमत र तर्कहरुले ती अभिभावक एवम् परीक्षार्थीमा थप अन्यौलता सिर्जना गरेको छ ।
यसले आफ्नो कुनै गन्तव्य निर्दिष्ट गर्नै सकेको छैन । तथापि नेपाल सरकार र माताहतका निकायहरुबाट यस विषम् परिस्थितिमा के कस्ता विकल्पहरु अवलम्बन गर्न सकिन्छ ? भनेर नीतिगत सुझावका साथ कार्यक्रमिक तयारीमा पनि लागेको सूचनाहरु हेर्न र पढ्न पाइने गरेका छन् । यद्यपि आजको मिति सम्म हेर र पर्खको अवस्थामा रहेको महसुस गर्न सकिन्छ ।
किनभने उक्त परीक्षाको सञ्चालन र व्यवस्थापनका लागि प्रचलित स्वरुपको अवलम्बन गर्ने वा नगर्ने ? नगर्ने भए त्यसको वैकल्पिक स्वरुप कस्तो हुने ? कानूनी र नीतिगत निर्णयको पर्खाइमा रहेको अवस्था छ । सडकदेखि सदन सम्म, अभिभावकदेखि शिक्षाविद् सम्म, बालबालिकादेखि आम सञ्चार माध्यमसम्म यसको बहस चर्चा र चासो रहेको पाइन्छ ।
यसले थप अन्यौलता थपको छ भन्न कुनै कठिनाई पर्दैन । जसबाट ती बालबालिकाहरु थप द्धिविधा र अन्यौलतामा रहन बाध्य बनेका छन् ।
तर हल्लैहल्लामा समय बितिरहेको छ । स्पष्ट र एकीकृत सल्लाहले मूर्तरुप लिन सकेको छैन । यो वा त्यो गर्नु पर्छ भनि निर्देशनमुखी राय सुझाव दिनेको पनि कमी छैन यहाँ । तर ठोस र विशिष्ट प्रकारको सुझाव सहित अग्रीम निर्णय हुन वा गर्न सकेको अवस्था छैन । यसले थप अन्यौलता थपको छ भन्न कुनै कठिनाई पर्दैन । जसबाट ती बालबालिकाहरु थप द्धिविधा र अन्यौलतामा रहन बाध्य बनेका छन् ।
सम्बोधन एवम् प्रयास :
द्धिविधा र अन्यौलता बीच रहेका परीक्षार्थीहरुले विद्यालय, शिक्षक र अभिभावकको परामर्श र सहयोगमा आआफ्नो पहँुच अनुसार प्रिन्ट सामग्री, श्रव्य सामग्री र श्रव्यदृश्य सामग्रीको उपयोगबाट अध्ययनका कार्यलाई निरन्तरता दिई रहेका छन् ।
यसको लागि प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमको समन्वय र सहयोगमा रेडियो एफएम र टेलिभिजनबाट सामग्रीहरु प्रशारण भइरहेका छन् । परीक्षार्थीहरुले प्रयोग र उपयोग गरिरहेका छन् ।
यद्यपि सो सुविधा प्राप्य समूह सानो छ । यसको अतिरिक्त विज्ञ र शिक्षक समूहबाट साथीसङ्गीबाट प्राप्त विषयगत सिकाई नोटहरु सहित् आफ्नै परीक्षा स्थगन पूर्वतयारी सामग्रीहरु अध्ययन गरिरहेको पाइन्छ । तथापि यसको प्रभावकारिता के कति कुनरुपमा हुने अलग्गै पाटो हो ।
यसको अतिरिक्त विज्ञ र शिक्षक समूहबाट साथीसङ्गीबाट प्राप्त विषयगत सिकाई नोटहरु सहित् आफ्नै परीक्षा स्थगन पूर्वतयारी सामग्रीहरु अध्ययन गरिरहेको पाइन्छ । तथापि यसको प्रभावकारिता के कति कुनरुपमा हुने अलग्गै पाटो हो ।
यसरी अनिर्णयको बन्दी बनाई कति दिन र कहिलेसम्म ती बालबालिकाहरुलाई राख्ने वा रहने भन्ने प्रमुख चासोको विषय मात्र होइन तत्काल निश्चित गर्नु पर्ने अहम् विषय बनेको छ । प्रचलित स्वरुपमा परीक्षा हुने वा नहुने ? नहुने भए त्यसको विकल्प के हुने ?
परीक्षार्थीलाई तत्काल सूचना दिनु उत्तम मानिन्छ । फलस्वरुप उनीहरुमा धैर्यता प्राप्त हुनेछ र अध्ययन एवम् परीक्षाको तयारीमा जुट्न सहयोग पुग्नेछ ।
दश वर्षसम्मको अभिभावकको लगानी र विद्यार्थीको परिश्रमको मूल्य वा नतिजा के हुने ? यो मननीय र गम्भीर विषय हो ।
जीवनको मार्ग तय गर्ने एवम् जीवन्त सपनालाई सफलतामा रुपान्तरित गर्ने तहको साँचो वा कडीको रुपमा हेरिने एसइई परीक्षाको महत्वलाई कसैले पनि नजर अन्दाज गर्न हुँदैन । बालबालिकामा अन्यौलता पैदा गर्ने बहस र पैरविलाई पूर्णत निरुत्साहित मात्र होइन निषेध नै गरिनु पर्छ ।
ती बालबालिकाहरु चिच्याइरहेका छन् । उनीहरुको अवाजलाई सुनेर मनोविज्ञानलाई बुझेर प्रारम्भिक चरणमा नेपाल सरकारको निर्णय र निर्देशनमा सम्बन्धित निकायले कानूनी जटिल्ताका सम्बन्धमा अख्तियार प्राप्त निकायको सहजीकरणमा उपयुक्त निकास अविलम्ब दिन सक्नु पर्छ । परीक्षाको मिति तय र प्रकाशन, परीक्षाको स्वरुप एवम् सञ्चालन प्रकिया र परीक्षाको मूल्याङ्कन र नतिजा प्रकाश सम्बन्धी समय सापेक्ष व्यवहारिक विकल्प सहित् निर्णय गरी सूचना प्रवाह गर्न अनिवार्य देखिन्छ ।
ती बालबालिकाहरु चिच्याइरहेका छन् । उनीहरुको अवाजलाई सुनेर मनोविज्ञानलाई बुझेर प्रारम्भिक चरणमा नेपाल सरकारको निर्णय र निर्देशनमा सम्बन्धित निकायले कानूनी जटिल्ताका सम्बन्धमा अख्तियार प्राप्त निकायको सहजीकरणमा उपयुक्त निकास अविलम्ब दिन सक्नु पर्छ ।
जसबाट केन्द्रीय तहका निकायदेखि विद्यालयतह सम्मका सम्बद्ध र परिचालित सस्था र जनशक्तिहरु मानसिक रुपमा तयार र भौतिक रुपमा संलग्न हुनुको साथै अनुकूल वातावरण तयार गर्न गराउन सहयोगी हुने देखिन्छ । ती लाखौ परीक्षार्थीहरुमा खुशी सञ्चार हुनेछ ।
कोभिड १९ को संक्रमणको त्रास र भयबाट मुक्त भई उच्च आत्मबलका साथ परीक्षाको तयारीमा लाग्ने छन् । आफ्नो भविष्य निर्माणका लागि केन्द्रीत हुनेछन् । आफ्नो सपनालाई साकार पार्न सक्षम र सफल हुनेछन् ।
सम्भाव्य उपाय एवम् सुझाव :
परीक्षार्थीहरु दिनुहुँ अध्ययनरत रहेका छन् । चासो राखेका छन् । शिक्षक अभिभावकले सक्दो सहयोग गरिरहनु भएको छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका मातहतका निकायहरु परीक्षार्थीहरुको अध्ययन र सिकाईलाई निरन्तरताको लागि विज्ञ, शिक्षक र सञ्चार माध्यमसँगको आपसी समन्वय र सहकार्यमा मौजुदा पहुँच र अवसरका लागि निरन्तर प्रयासरत रहेको अवस्था छ । यो अवस्था रहनु भनेको आफैँमा परीक्षाको पुनः व्यवस्थापन र सञ्चालन गर्नु हो भन्ने स्पष्ट हुन्छ ।
पूर्ववत् १ हजार ९ सय ९५ परीक्षा केन्द्र कायम गर्दा परीक्षार्थीको सुख्या अधिक हुने, परीक्षा सञ्चालनका लागि परिचालित जनशक्ति धेरै आवश्यक पर्ने र सुरक्षाकर्मी पनि सोही अनुसार परिचालन गर्नु पर्ने भएकोले सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न पक्कै पनि कठिनाई हुन्छ । साथै परीक्षा सञ्चालनमा परिचालन हुने जनशक्ति र स्वयं परीक्षार्थीहरु पनि एक गाउँ वा स्थानबाटमा जानु पर्ने भएकोले कोभिड १९ को संक्रमणका असर नपर्ला भन्न कठिन छ किनभने हामी कहाँ सबैको एक साथ परीक्षण गर्ने सामथ्र्य र सक्षमता न्यून छ ।
साथै परीक्षा सञ्चालनमा परिचालन हुने जनशक्ति र स्वयं परीक्षार्थीहरु पनि एक गाउँ वा स्थानबाटमा जानु पर्ने भएकोले कोभिड १९ को संक्रमणका असर नपर्ला भन्न कठिन छ किनभने हामी कहाँ सबैको एक साथ परीक्षण गर्ने सामथ्र्य र सक्षमता न्यून छ ।
अतः परीक्षा सञ्चालन र व्यवस्थापन सहित नतिजा प्रकाशनको प्रारम्भिक कार्यसमेत स्थानीय तह एवम् सम्बन्धित जिल्लालाई जिम्मेवार बनाउने गरी निश्चित मापदण्ड तयार गर्न अवश्यक देखिन्छ । यद्यपि ततत्कालको समस्या समाधान गर्न दुईवटा विकल्प प्रस्तुत गरिएको छ ।
(क) होमसेन्टर कायम गरी स्थगित एसइई परीक्षा पुनः सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी व्यवस्था ।
(ख) विद्यालयस्तरमा कक्षा १० को सेण्डअप वा एसइई परीक्षाको आधारमा कक्षोन्नोतिको लागि मार्ग प्रशस्त सम्बन्धी व्यवस्था ।