जेठ १९,
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजी विद्यालयमा जिम्मा लगाउन नखोजिएको बताएका छन्। उनले माध्यमिक शिक्षा राज्यकै दायित्व भएको बताउँदै बजेटमा गरिएको व्यवस्थालाई गलत अर्थमा नबुझ्न पनि आग्रह गरेका छन्।
बजेटमाथि उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
‘माध्यमिक शिक्षा राज्यको दायित्व हो, माध्यमिक शिक्षा विस्तारै निःशुल्क बनाउने हो’, उनले भने, ‘सामुदायिक विद्यालयलाई सहयोग गर्छौं भनेर निजी विद्यालय सञ्चालकहरु आएका छन्। उनीहरुले सहयोग गर्न खोजेको हो।
सामुदायिक विद्यालय निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजेको होइन।’ अर्थमन्त्री खतिवडाले निजी विद्यालयहरुले संस्थागत, सामुदायिक दायित्वको एक प्रतिशत सामुदायिक विद्यालयमा लगानी गर्न खोजेको बताए। फाइल फोटो