Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग

जनता भ्वाइस by जनता भ्वाइस
June 1, 2020
in समाचार
0
रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न सांसद विश्वकर्माको माग
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १९,

काठमाडौँ । नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्माले रुकुममा भएको दलित युवाहरूको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद विश्वकर्माले गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गरे ।

उनले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गर्दै तत्काल गठन नभएन सडक र सदन दुबैमा आन्दोलन गर्ने चेतावनि दिए ।

गत जेठ १० गतर रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । कांग्रेसले उक्त घटनालाई कमजोर बनाउनका लागि गृहमन्त्रालयले समित गठन गरेको र जाजरकोटमा सत्तापक्षकाले आर्थिक चलखेल गरेको दाबी गरेको छ ।

उनले सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग गरे । सांसद विश्वकर्माले सो विषयमा संयुक्त राष्ट्रसंघले पनि निष्पक्ष छानबिन गर्न माग गरेको पनि सुनाए । उक्त घटना गृहमन्त्री रामबहादुर थापाले संसदमा भनेजस्तो गाउँलेले युवापक्षलाई लखेट्दा भेरी नदीमा हाम फालेको भनेजस्तो नभइ युवाहरूलाई मारेर भेरी नदीमा फालेको मृतकहरूको पोष्टमार्टम रिपोर्टले देखाएको बताए । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सामुदायिक विद्यालय निजीलाई जिम्मा लगाउन खोजेको होइन-युवराज खतिवडा (भिडियोसहित)

Next Post

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पौने चार लाख, २८ लाख ५२ हजार ७ सय ६१ जना निकोभए

Next Post
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पौने चार लाख, २८ लाख ५२ हजार ७ सय ६१ जना निकोभए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.