जेठ १९,
रामेछाप । नेपालमा कोरोना भाइरस संक्रमिणको संख्या दैनिक बढेका बढै छ । आज पछिल्लो जानकारी अनुसार २ सय २६ जनामा कोरोना पुष्टि भएको छ । जसमा ४ जना महिला र १ सय जना पुरुष छन् ।
आज ४ महिने बालिका सहित २ सय २६ जनामा कोराना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
विराटनगरमा भएको परीक्षणमा झापाका २ जना, पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जना, दैलेखका २४ र जुम्लाका १८ जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ आएको छ।
धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।
कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १-१ जना,भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।
हालसम्म प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म कोरोना जित्नेको संख्या २ सय २१ पुगेको छ । आज १ जना कोरोनालाइ जितेर घर फर्किएका छन । ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । file Photo