जेष्ठ १९,
काठमाडौँ । गृह मन्त्रालयले सोमबार ४४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (उपसचिव) दरबन्दीसहित ४४ जना उपसचिवको सरुवा गरेको हो । आइतबार गृहमन्त्रालयको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा काऱ्यरत उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।
यसअघि सुर्खेतमा प्रमुख जिल्ला अधिकारी(सीडीओ)मा रुपमा कार्यरत रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृहमन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।
त्यस्तै गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सीडीओमा पदस्थापन गरिएको छ । त्यसैगरी बर्दियाका सीडीओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुंगाका सीडीओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ । डिल्लीबजार कारागार जेलर अरुण पोखरेलाई उदयपुरको सहायक सीडीओमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ ।