जेठ २०
रामेछाप । नेपालमा कोरोना भाइरस संक्रमिणको संख्या दैनिक बढेका बढै छ । आज पछिल्लो जानकारी अनुसार २ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । जसमा १८ जना महिला र २ सय ७० जना पुरुष छन् । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ हजार ९९ जना पुगेको छ । हाल सम्मा ७७ जिल्ला मध्ये ६१ जिल्लामा पुगेको छ । २१ स्थानबाट हाल कोरोना परीक्षण भैरहेको उनले बताए ।
आज ८ वर्षीय बालिका सहित २ सय ८८ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २ सय ६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।





