कविता, नारायण घिमिरे
आफ्नै आँखा अगाडि
नाबालक छोरी
बलात्कृत हुँदा
तप्प तप्प चुहिएको
रगतका थोपा हरुसग साटिएको
यो मालिक गणतन्त्रमा
नागरिहरु भोक भोकै पर्दा
मेरो देशको सरकार
महेन्द्र पथमा लम्पसार पर्दै
प्रश्न बाचक शैलिमा
भोका पेटहरुलाइ सोध्छ
के रुखो दूध भात पनि खान पाएनौ?
नागरिकको मौनतामा
आफ्ना लागि
महल सजाउन अभ्यस्त
मेरो देशको सरकार
दशौ अरवको राहत खर्च अनुमोदन गर्दै
भोका नागरिकको भोको पेटलाइ
ब्यङ्ग्य गर्दछ
के अझै भरिएनन् तिम्रा पेटहरु?
आफ्नै आँखा अगाडी
पाता फर्कायर लडाएको
कलकलाउदो
निर्दोष छोरालाई
बैरिहरुले गोली ठोक्दा
उब्जिएको कारुणिक दृश्यसग
साटिएको
यो मालिक गणतन्त्रमा
नागरिक स्वभिमानहरु निहुरी रहदा
मेरो देशको सरकार
बद्नामको सिंहसानमा बसेर
आफ्नालागि
सुबिधाको धरहरा उभ्याउन
नागरिकलाइ बन्दि बनाएर
आदेश जारी गरिरहेको छ
कहरले कर तिर को।
आफ्नै आँखा अगाडि
दुधे बालकको
मातृबासल्य सदा सदाकोलागी
निस्प्राण हुनै लाग्दा
सुत्केरी आँमाको आँखामा छायाको
जीवन रक्षाको अपिललाइ
महत्त्व नदिने
यो मालिक गणतन्त्रमा
नागरिकहरु जीवन रक्षाको भिख मागिरहदा
मेरो देशको सरकार
औषधि उपकरण खरिदमा
आफ्नो लाभ हानिको गणित पढ्न ब्यस्त छ।
आफ्नै आँखा अगाडी
जीवन रक्षाको गाँस खोज्न
परदेशिएका छोरा छोरिले
बिपतिको बखत
आफ्नै मातृभुमिमा
आफ्नै आफ्नासग
सगै मर्ने र सगै बाँच्ने अभिलाषाले
दुरदेशमा
स्वदेश फिर्ताको याचना गरिरहदा
यो मालिक गणतन्त्रमा
सिहदरवार रोगी हुने भयले
मेरोदेशको सरकार
नागरिक मनलाइ लत्यायर
रेमिटेन्सको जोड घटाउमा
नाफा नोक्सानको हिसाब मिलाउन ब्यस्त छ
आफ्नै आँखा अगाडी
आफ्नै आफ्नाहरु
रोगको सन्त्रासले
भयभित मनहरु बोकेर
बाँच्ने अभिलाषाले
चिसो क्वारेन्टाइनमा
बन्दक बनेर
लम्पसार परिरहदा
यो मालिक गणतन्त्रमा
मेरो देशको सरकार
थुनिएर ज्युने अभिलाषा पालेका
बिछिप्त मनहरुको
देहत्याग पछि
कारुणिक दृश्य निहाल्दै
स गर्व बोल्छ
कोरोनाले मृत्यु हुनेको संख्या
आफ्नु असक्ष्यमताको बोध नगरी
नागरिकको मृत्यु गन्न बसेको
लाचार सालिकझै उभिएको छ सिहदरवार
आफ्नै आँखा अगाडी
आफ्नै सन्तानको गाँस भाग काटेर
आफ्नै रगत पसिनाले संचय गरेको
राज्यको रातो थैली
उघारेर भागबन्डा गर्दा
आफ्नैलागी
फाटेको भोटो फेर्ने रहरहरु पूरा नहुने
यो मालिक गणतन्त्रमा
मेरो देशको सरकार
नागरिक आवज दबाउन
सामुदायिक बिद्यालय दाउमा थापेर
लालयित छ सिंहदरबारमा जिमखाना खोल्न।
गर्भे बालकले
जीवनभर देख्न नपायको
आफ्नो बाबुको अनुहार सग साटियको
यो मालिक गणतन्त्र
जवान नारिको
प्रिय रातो सृगार सग साटियको
यो मालिक गणतन्त्र
बुडा बुढी बाबुआमाको
जीवनज्युने साहारा सग साटियको
यो मालिक गणतन्त्र
खाटमा हात गुमायर बसेको
जवान छोराको रहर सग साटियको
यो मालिक गणतन्त्र
पिढिमा खुट्टा गुमायर बसेकी
जवान छोरिको रहर सग साटियको
यो मालिक गणतन्त्र
सबै उस्तै छन
दुरुस्त पहिला जस्तै छन
उस्तै छन जातीभेद हरु
उस्तै छन बर्ग भेदहरु
उस्तै लाग्छन सामाजिक बिभेद हरु
अझ सल्बलायका छन आर्थिक विभेद हरु
अझ बढेका छन
नव माहरानिका बिलासिताका मोहहरु
अझ बढेका छन
नव माहराजका हुकुमका मोहहरु
यो मालिक गणतन्त्रमा
बिचरा
उस्तै छन
भाषामा बदलियका रैती हरुका जीवन कथा
उस्तै उस्तै छन रोग र भोकका कथा हरु
यो मालिक गणतन्त्रमा
आज पनि
औषधालयको अभावमा
कत्तिखेर हारिनेहो
बेथिति रुपि जुवाको खालमा
सबल जिन्दगीका दाउहरु।