जेठ २४,
रामेछाप । रामेछाप जिल्ला अस्पताको क्वारेन्टिनमा बसेका ८ जना डिस्चार्ज भएका छन् । शनिबार रामेछाप नगरपालिकाका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
उनीहरु भारतबाट आएका थिए । केही दिन अघि स्वाब संकलन गरि काठमाडौं पठाएकोमा रिपोर्ट नेगेटिभ आएको र सिड्चार्ज गरिएको उनले बताए ।
जिल्लामा हाल सम्मा २० जनामा कोरोना पुष्टि भएको छ । उनीहरु विभिन्न अस्पतामा उपचाररत रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको बताएको छ ।





