जेठ २४,
रामेछाप । रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या केही घटेको छ । शनिबार रामेछाप नगरपालिकाका ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । शुक्रबार जिल्लाका २ गाउँपालिकाहरु गोकुलगंगा र लिखुतामाकोशीमा एकै पटक १७ जनामा कोरोना पुष्टि भएको थियो ।
विभिन्न पालिकाहरुमा कोरोनाको जोखिम पश्चात तयार पारिएको क्वारेन्टिनमा अहिले १ सय ८० जना जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । यो संख्या बढ्ने आंकलन गरिएको छ ।
उनका अनुसार भारत लगाएतका विभिन्न ठाउँबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको हो । हाल मन्थली नगरमा सबैभन्दा धेरै ५२ जना र सबैभन्दा थोरै गोकुल गंगामा ५ जना क्वारेन्टिनमा छन् ।
कर्णका अनुसार जिल्लाभर १ सय २३ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा छन् । शुक्रबार संक्रमण पुष्टि भएका १७ जनासहित र क्वारेन्टिनमा रहेका सबैको स्वास्थ्य अवस्था पनि सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष तत्कालको लागि तयार पारिएको छ । यो अझै अपुग रहेको बताएको छ ।
यस्तो छ क्वारेन्टिनमा बस्नेको संख्या
उमाकुण्ड गाउँपाकिलामा २१, मन्थली नगरपालिकामा ५२,
रामेछाप नगरपालिकामा १९, गोकुलगंगा गाउँपालिकामा ५,
खाँडादेवी गाउँपालिकामा २६, सुनापति गाउँपालिकामा ५,
दोरम्बा गाउँपालिकामा १९, लिखुतामाकोशी गाउँपालिकामा ३३,
जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तथ्याङ्कमा आधारित
file Photo





