Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारले १० चरणमा लकडाउन खुकुलो बनाउने : मोडालिटी तयार

जनता भ्वाइस by जनता भ्वाइस
June 7, 2020
in जनता स्पेसल, समाचार
0
सरकारले १० चरणमा लकडाउन खुकुलो बनाउने : मोडालिटी तयार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

काठमाडौँ । सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । ३ फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रमणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धति अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने थियो ।

सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन मोडालिटी ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो ।

समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले बताएको छ । समितिले आइतबार पनि लकडाउनको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले मोडालिटीलाई आवश्यकता हेरेर अन्तिम निर्णय गर्नसक्ने समितिका एक अधिकारीले बताए । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्

Next Post

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.