Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्

Milan Ghimire by Milan Ghimire
June 7, 2020
in समाचार
0
जनता समाजवादी पार्टीको नेतृत्व टुंङगियो, कुन पद कसलाइ हेर्नुहोस्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ २५,

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टीको नेतृत्व टुंङगिएको छ । नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने तयारी भएको कान्तिपुर समाचार संस्थाका अनुसार नेता नवराज सुवेदीले जानकारी दिएका हुन ।

एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको हो । जसपामा ठाकुर पहिलो वरियता, डा. भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ हुने सहमति जुटेको हो । राई र महतो वरिष्ठ नेता रहने भएका छन् ।

दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुई दलले हतारमा पार्टी एकताको सैद्धान्तिक घोषणा गरेका थिए । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

Next Post

सरकारले १० चरणमा लकडाउन खुकुलो बनाउने : मोडालिटी तयार

Next Post
सरकारले १० चरणमा लकडाउन खुकुलो बनाउने : मोडालिटी तयार

सरकारले १० चरणमा लकडाउन खुकुलो बनाउने : मोडालिटी तयार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.