Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
June 8, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप नगरपालिका वडा नं. १ का वडाध्यक्ष नरबहादुर थापाले आफूले वडास्तरका नागरिकहरुका लागि दिलोज्यानले काम गरेको बताएका छन् । नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने कामहरु आफूले गरेको र नागरिकहरुले पनि आफूलाई माया गरिरहेको बताएका हुन् ।
‘अहिले कोराना भाइरसको जोखिम उस्तै गम्भिर भएर मेरो वडामा पनि रहेको छ । भारत तथा तेस्रो मुलुकबाट आउने मेरा वडाका नागरिकहरलाई रामेछापमा नगरपालिकाले बनाएको १ सय बेडको क्वारेन्टिनमा राखेका छौँ । क्वारेन्टिनमा बसेका हरुलाई हामीले उहाँहरुको शन्ति सुरक्षा, खानपान तथा अन्य अत्यावश्यकी प्रबन्ध गरेका छौं । साथसाथै खासै गम्भिर प्रकृतिका लक्षण नदेखिएका व्यक्तिहरुलाई ७ बेडको क्वारेन्टिन बनाएर पनि राखेका छौं ।’ थापाले भने ।


‘हिजो निर्वाचनको समयमा आफ्ना मतदाताहरुलाई आश्वासन दिएको र आजसम्म पनि पूरा गर्न नसकेको काम केके छन् ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा थापा भन्छन्, ‘मैले स्वास्थ्य, शिक्षा, खानेपानी आदि विषयलाई त्यो बेला उठाएको हूँ । आज आउँदा स्वास्थ्य र शिक्षाको क्षेत्रमा मेरा वडाबासीहरुको गुनासो छैन भन्ने मलाई लाग्छ । तर खानेपानीको समस्या भने चरम रुपमा आज पनि रहेको छ । भनेजति काम यतिबेलै गर्न सकिन्छ भन्ने त होइन । अझै समय बाँकी छ । म काम गर्दैछु । मैले काम गर्दै गरेको र भावी दिनमा खानेपानीका समस्या पनि टर्ने मेरा वडाबासीले बुझेका छन् । मैले बुझाउन सकेको छु भन्ने लाग्छ ।’


आपूmलाई पार्टी र आप्mना मतदाताले विश्वास र आवश्यकता ठानेमा अझै आफू आफ्ना नगरिकहरुको सेवामा लागिरहने थापाले बताएका छन् । यदि वडाबासी नागरिकहरुको सेवामा कुनै कन्जुस्याँइ गरेको भएर उहाँहरुलाई सेवा गर्न नसकेको अवस्थामा भोलिका दिन आफूले अर्को योग्य पात्रलाई बाटो खुला गर्ने समेत थापाले बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

२१३ जनामा कोरोना पुष्टि, ३४४८ पुग्यो संख्या,

Next Post

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)

Next Post
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.