Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
June 8, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मन्थली नगरपालिका के गर्दैछ ? (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २५, जनता भ्वाइस संवाद्दाता, रामेछाप
मन्थली नगरपालिका स्वास्थ्य शाखाले आफू कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तयारी रहेको जनाएको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि अवाश्यक पर्ने औषधि लगायत स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई सेट समेत सबै स्वास्थ्य चौकीहरुमा उपलब्ध गराएको आइतबार जनता भ्वाइसलाई जानकारी दिएको हो ।
जनता भ्वाइससँग कुराकानी गर्दै मन्थली स्वास्थ्य शाखाका प्रमुख केशवराज फुँयालले यस्तो जानकारी दिएका हुन् । नगर क्षेत्रभित्र कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिसँग मिलेर आवश्यक पूर्वतयारीहरु पुरा गरिसकेको जानकारी दिएका छन् ।


‘मन्थली नगरक्षेत्रभित्र कुनै पनि बेला कोरोना संक्रमित व्यक्तिहरुलाई आइसोलेन वार्डमा नै राख्नु पर्ने अवस्था आयो भने त्यो बेलाको लागि कस्तो पूर्वतयारी गर्नु भएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासालाई सम्बोधन गर्दै फुँयालले अगाडि भने, ‘नगरका १४ वटै वडाहरुमा क्वारेन्टिन संचालन गर्न वडा प्रतिनिधिहरुलाई अह्राइसकेका छौं । कतिले बनाउने क्रममा भएको पनि जानकारी प्राप्त भएको छ भने कतिले बनाइसक्नु भएको छ । आइसोलेसन वार्डका लागि मन्थली स्वास्थ्य चौकी, तामाकोसी सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा बेडहरु बनाएका छौं ।’


कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सबै नगरबासीहरुलाई फँुयालले आग्रह गरेका छन् । समाजिक दूरी कायम गर्दै संचारमाध्यमबाट आएका पूर्व साबधानीका कुराहरुलाई अनुशासित भइ पालना गर्न फूँयालको आग्रह समेत रहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अझै समय बाँकी छ, म काम गर्दैछु वडाध्यक्ष: थापा (भिडियो सहित)

Next Post

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

Next Post
कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.