जेठ २६,
काठमाडौं। आइतबार मध्यरातीसम्मा प्रधानमन्त्री केपी ओलीसहितकै उपस्थितिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति बैठक बसेको छ।
तर बैठकमा लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल भए पनि कुनै टुंगो नजागेको मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । बैठकमा बन्दाबन्दीका बारेमा घनिभूत छलफल भए पनि निर्णयमा भने हुन नसकेको उनले बताए ।
उनले भने-कोरोना संक्रमणको प्रकृति हेरेर निर्णय गरिने भएको छ । लकडाउन लम्बिँदै जाँदा जनजीवन कष्टकर हुँदै गइरहे पनि सरकार यसबारे ठोस निर्णय गर्न सकेको छैन । file photo





