Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज मन्त्रिपरिषद् बैठक बस्‍दै : लकडाउनको मोडालिटी परिवर्तन हुने निर्णय हुदै,

जनता भ्वाइस by जनता भ्वाइस
June 10, 2020
in जनता स्पेसल, समाचार
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २८,

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । हिजोका लागि डाकिएको मन्त्रिपरिषद् बैठक, संसद बैठक लम्बिएपछि मन्त्रिपरिषद् बैठक आज बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

हिजो रातीसम्म बजेटमाथिको छलफल सकिएको छ । अब बजेट पास गर्ने कार्यक्रम पनि आजको संसद बैठकमा राखिने भएको छ ।

आजको बैठकमा सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने तयारी गरेको छ । सोही अनुसार मोडालिटी बारे आजको बैठकमा छलफल हुने भएको छ । यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। लकडाउनले देशमा संकट बढ्दै गएपछि यसको मोडालिटी फेर्ने तयारी भइरहेको छ। 

उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले असार १ गतेदेखि चरणबद्ध लकडाउन खुकुलो बनाउने प्रस्ताव गरिसकेको छ । समितिले दुई-दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने तयारी गरेको छ। समितिले असार १ पछि ६ चरणमा ७० दिनभित्र लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ । file Photo

पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी सरकारले गरेको छ । जेठ १७ गतेको मन्त्रिपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मा दिएको थियो । सरकारले लकडाउन खुकुलो बनाउने योजना नल्याएपछि काठमाडौं र अन्य स्थानका ब्यापारीले पसल खोलिरहेका छन्। लकडाउनकै बीचमा सडकमा गाडी बढ्न थालेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

Next Post

लकडाउनको मोडालिटी सहित प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

Next Post
सप्तरीमा क्वारेन्टाईनमा बसेकी गर्भवती महिलाको मृत्यु

लकडाउनको मोडालिटी सहित प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.