Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट थप १ को मृत्यु, मृतकको सङ्ख्या १६ पुग्यो

Milan Ghimire by Milan Ghimire
June 12, 2020
in समाचार, स्वास्थ्य
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३०

रामेछाप । नेपालमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । बिहिबार अर्घाखाँचीमा थप एक जनाको मृत्यु भएको हो । उनीले अस्पतालबाट फर्कँदै गर्दा ज्यान गुमाएको र मृत्यु पछिको परीक्षणमा कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । उनी मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको हुन ।

उनको घाँटीको शल्यक्रिया गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि गत मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको रेफर गरेको थियो । तर अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि उनी घर फर्कदै गर्दा बिहिबार बाटोमै ज्यान गएको हो ।

यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका उनको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि बिहिबार फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पाइएको हो । रिपोर्ट नआउँदा हिजोदेखि नै शव रातुको चौरमा बेबारिसे अवस्थामा राखिएको समाचार अर्घाखाँचीका संचारकर्मी प्रेमनारायण आचार्यले लेखेका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । बिहिबार नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये २५७ जना पुरुष र २२ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४ हजार ६ सय १४ जना पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हाल नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या हालसम्म ८ सय ६१ पुगेको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापका ५ प्रतिशत व्यापारी ‘धमिलो पानीमा माछा मार्छन्’ –व्यवसायी थापा (भिडियो सहित)

Next Post

सार्वजनिक बिदामा पनि सबै बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

Next Post
सार्वजनिक बिदामा पनि सबै बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदामा पनि सबै बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.