जेठ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा व्यवसायी श्याम थापाले जिल्लाका ५ प्रतिशत व्यवसायी धमिलो पानीमा माछा मार्ने प्रवृत्तिका भएको जनाएका छन् । देश बन्दाबन्दीमा परेको अवस्थामा पनि बजार भाउ बढ्नुलाई थापाले उद्योगस्तरबाट नै मूल्यवृद्धि भएको अवस्थाले ग्राहकहरुले त्यसको भार खेप्न बाध्य हुनुपर्ने बताएका हुन् ।
रामेछापका छिमेकी जिल्लाहरु दोलखा, सिन्धुली, काभ्रे लगायतको तुलनामा रामेछापमा खुद्रा सामानको मूल्यवृद्धि नभएको र हाल भएको मूल्यवृद्धि पनि अन्यथा नभएको जिकिर गरेका छन् ।
जनता भ्वाइससँगको कुराकानीमा थापा अगाडि भन्छन्, ‘यस वर्षको बजेटले प्रत्यक्ष देशमा नै उत्पादन हुने वस्तुको मूल्यवृद्धि भएको छैन तर सुर्तीजन्य वस्तुमा भने सरकारले कडाईका साथ मूल्यवृद्धि गरेको छ । जस्तो विद्युतीय सवारी साधनमा कर बढाईएको छ, त्यो वृद्धिले हामी जस्ता आम उपभोक्ताहरुलाई खासै फरक पार्दैन ।’
व्यवसायीहरुलाई बेच्न बनाएका सामग्रीहरु राज्यले प्रष्ट उपभोग्य मिति र त्यो सँग सम्बन्धित विवरण खुलाएर दिँदा व्यवसायी तथा उपभोक्ता पारदर्शी बन्ने उनको धारणा रहेको छ ।
‘रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्व पछिल्लो समय विवादमा तानिइरहँदा उक्त नेतृत्वको नयाँ कार्यशैली कस्तो पाउनु भएको छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासालाई सम्बोधन गर्दै थापा भन्छन्, ‘उहाँहरुको गति कम भएको त हो, तर माघमा संघको निर्वाचन भएर फागुनमा महोत्सव गरिसकेपछि लगत्तै लकडाउन भएको अवस्थाले उहाँहरुको कार्यगतिलाई मूल्याङ्कन गरिहाल्न मिल्दैन ।
अब अवस्था सामान्य भएपछि मात्रै उहाँहरुले व्यवसायीहरुको मारलाई कसरी सहजतामा ल्याउनु हुन्छ, त्यसलाई हेरेर मात्रै उहाँहरुको परीक्षण गर्न सकिन्छ ।’
थापा आफू २२ वर्षदेखि यो व्यवसायमा लागेको र आफ्ना बाबुले यो पेशलाई अंगाल्न आफूलाई प्रेरित गरेको स्वीकार्छन् ।
बाँकी भिडियोमा…