जेठ ३०, सम्झना श्रेष्ठ,
सिन्धुलीमाढि । सिन्धुलीमा लकडाउनको अवधिमा १० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । सरकारले कोरोनाको त्रास बढेपछि गत चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । यस अवधिमा चैत्र महिनामा २, बैशाखमा १ र जेष्ठ महिनामा ७ वटा उजूरी दर्ता भएको सिन्धुली प्रहरीले जनाएको छ ।
यसैगरि चालु आर्थिक वर्षको ११ महिनामा ६२ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको छ । गत साउन बाट अहिलेसम्म ६२ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको सिन्धुली प्रहरीले जनाएको छ । सबैभन्दा बढी गत साउनमा ९ वटा उजुरी दर्ता भएको जनाइएको छ ।
यसैगरि असोज, पुस, माघ र फागुनमा ७÷७ वटा उजुरी दर्ता भएकोमा भदौमा ४, कार्तिकमा ६, मंसिरमा ५, चैत्रमा २ र बैशाखमा १ वटा र जेठ महिनामा ७ वटा उजुरी दर्ता भएको पाइएको छ । file photo





