जेष्ठ ३०, सम्झना श्रेष्ठ,
सिन्धुलीमाढी । सिन्धुलीमा ३६० जनाको स्वाव संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा ३ जनामा रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु तीनै जना पुरुष को अहिले सिन्धुली अस्पतालमा उपचार भैरहेको छ । अव ४२ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । अहिलेसम्म ३१५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
जिल्लामा ११४० जनाको र्यापिड डायग्नोष्टिक आरडिटि टेस्ट गरिएको छ । आरडिटि गर्दा ११०७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने ३३ जनाको पोजेटिभ आएको थियो ।
जिल्लाबाट अहिलेसम्म पिसिआर विधिबाट कोरोना जाँच गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने सिन्धुली स्थाई ठेगाना भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । file Photo