जेठ ३१,
रामेछाप । शनिबार नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमा २४७ पुरुष र ३६ जना महिला छन् ।
त्यस्तै आज ३ जनाकोर मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या १८ पुगेको उनले बताए ।
प्रवक्ता डा. गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
यो पनि पढनुहोस्
५ वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि : मृत्कको संख्या १८,
कोरोनाबाट थप एकको मृत्यु : १७ पुग्यो संख्या
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ । हाल सम्म नेपालको ७२ जिल्लामा कोरोना फैलिएको छ। आजसम्ममा १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् । file photo