Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कला संस्कृति संरक्षण समूहद्वारा आर्थिक सहयोग प्रदान

Milan Ghimire by Milan Ghimire
June 13, 2020
in फिचर, समाचार, स्वास्थ्य
0
कला संस्कृति संरक्षण समूहद्वारा आर्थिक सहयोग प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३१,

डोटी । कला संस्कृति संरक्षण समूह डोटीले आर्थिक सहयोग गरेको छ । सेती अस्पतालमा उपचाररत योगेन्द्रबहादुर खड्काको उपचारार्थ थोरै भए पनि आर्थिक सहयोग जुटाएको हो । सो समूहसँग आबद्ध विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुबाट  जुटाइएको उक्त पैसा संस्थाका सदस्य कर्णबहादुर बोगटीले अस्पतालमै गएर हस्तान्तरण गरेका छन् । वाटिकामा नयाँ फूल फुलाऔँ भन्ने आदर्श वाक्यका साथ वि.सं. २०६१ सालमा स्थापित यो संस्था कला संस्कृतिको क्षेत्रमा मात्र सीमित नरही सेवा, सहयोग र सामाजिक जागरणका क्षेत्रमा पनि उत्तिकै सरोकार राख्ने युवाहरुको सम्मिलनमा अघि बढेको हो ।

वर्तमानको विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना राहत कोषका लागि भनेर पैसा जम्मा गर्दै गरेको अवस्थामा आर्थिक स्थिति दयनीय रहेका खड्कालाई विभिन्न क्षेत्रबाट सहयोग जुटाइँदै गरेको र औषधोपचारमा धेरै खर्च लाग्ने भएका कारण समस्या रहेको कुरा जानकारीमा आएपछि सेवा र सहयोगस्वरुप व्यक्तिगत रुपमा जम्मा गरेको पैसा उनको उपचारमा केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रु. १० हजार १ सय ५ रुपैया खड्कालाई प्रदान गरिएको छ ।

लोकराज पाठक, भोजराज ओझा र गाङ्गी बलायरको संयोजकत्वमा गठित आर्थिक सहयोग सङ्कलन समितिमा गणेशप्रसाद उपाध्याय, डिलबहादुर महरा, पदमराज उपाध्याय र कर्णबहादुर बोगटीबाट पैसा सङ्कलन भएको थियो । समूहमा तमाम क्रियाशील सदस्य तथा सहयोगी र शुभचिन्तकहरु भए पनि लकडाउनका कारण थोरै मात्र सहयोग जुट्न सकेको जानकारी यस समूहमार्फत् प्राप्त भएको छ ।

पैसा थोरै भए पनि हाम्रो यो कदमले सेवामूलक भावनाको सन्देश प्रसारण होओस् भन्ने हामी चाहन्छौँ, यो समूहको भनाइ रहेको छ । सेवा, सहयोग, सिर्जना र सकारात्मक चिन्तन बोकेको यो समूहले पुनर्जागरणको साथमा कदम बढाएको तथा सिर्जनात्मक यात्रामा क्रियाशील रहने उद्देश्यका साथ अघि बढ्न थालेको कुरा संस्थाका संस्थापक अध्यक्ष तीर्थराज जोशीले बताए ।

news.janatavoic.com को मेलमा हामीलाइ प्राप्त समाचार र फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

५ वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि : मृत्कको संख्या १८,

Next Post

२ जनाको मृत्यु पुष्टि : कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

२ जनाको मृत्यु पुष्टि : कोरोना संक्रमितको संख्या ५३३५ पुग्यो

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.